महेन्द्रनगर । संविधान दिवसको अवसरमा प्रदेशमा रहेका बिभिन्न जिल्लाका कारगारबाट २६ जना कैदीबन्दीहरु रिहा भएका छन् । कञ्चनपुर कारागारबाट ६ जना कैललीबाट ९ जना, बैतडीबाट ४ जना, डडेल्धुराबाट ७ जना कैदी बन्दीलाई रिहा गरिएको छ । संविधान दिवसको अवसरमा जिल्ला कारगार कञ्चनपुरमा कैदीबन्दी जीवन बिताइरहेका ६ जनाको कैद मिनाहा भएको हो ।
५० र ४० प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका,नकारात्मक सोच विचार नभएका कैदी बन्दीहरुको विवरण जिल्ला प्रशासन कार्यालयलाई बुझाएको निमित्त कारागार जेल्लर रामदत्त जोशीले बताए । जिल्ला कारागारले ६ जना कैदीबन्दीको बाँकी कैद मिनाहाका लागि सिफारिस गरेको थियो जसमध्ये ६ जनाको बाँकी कैद मिनाहा भएको उनले बताए । कैद मिनाह हुनेमा नकवजनी चोरी ५० प्रतिशत कैद गरेका महेश सावद, बहुविवाहका केशव लुहार, चोरी मुद्धाका मुकुन्दराज भट्ट, बहुविवाह सुरेश लुहार, कर्तव्य ज्यान मुद्धाका भबे लुहार, र डाँका चोरी मुद्धाका देवेन्द्र गिरी रहेको उनले जानकारी दिए ।
उता, बैतडी कारागारबाट चार कैदीबन्दी रिहा भएका छन् । संविधान दिवसको अवसरमा जिल्ला कारगार बैतडीमा कैदीबन्दी जीवन बिताइरहेका चार जनाको कैद मिनाहा भएको हो । ५० प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका कैदीबन्दीहरुको कैदा मिनाहा भएको जिल्ला कारागार बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् ।
जिल्ला कारागारले पाँच जना कैदीबन्दीको बाँकी कैद मिनाहाका लागि सिफारिस गरेको भएपनि चार जनाको मात्रै बाँकी कैद मिनाहा भएको हो । कैद मिनाहा हुनेमा डाँकाचोरी मुद्दाका बझाङको बित्थडचीर गाउँपालिका–७ का बिर्खु भनिने बिर्ख लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका–१ का धनबहादुर कार्की, दशरथचन्द नगरपालिका–६ का खेमराज महर र पाटन नगरपालिका–६ का रमेश बिष्ट रहेका छन्। यस्तै डाँकाचोरी मुद्दामै २०७८ साल असार २४ गते ३ बर्ष सजाय तोकिएका धनबहादुर कार्कीले २ बर्ष २ महिना कैद भुक्तान गरिसकेका छन् ।
नकबजनी चोरी मुद्दामा २०७८ मंसिर १९ गते ३ बर्ष सजाय तोकिएका खेमराज महरले एक बर्ष ९ महिना कैद भुक्तान गरिसकेका छन् । सवारी ज्यान मुद्दामा २०७८ फागुन ९ गते तीन बर्ष सजाय तोकिएका रमेश बिष्टले एक बर्ष ६ महिना कैद भुक्तान गरिसकेका छन् । उता, डडेल्धुरा कारागारबाट ७ जना कैदीबन्दी रिहा भएका छन् । बहुविवाह, गर्भपतन लगायत अपराधको जेल जीवन विताइरहेका उनीहरुलाई रिहा गरिएको जिल्ला कारागार डडेल्धुराका जेलेर जितेन्द्र ओझाले बताए ।
असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका कैदीबन्दीलाई रिहा गरिएको उनले बताए । कर्तव्य ज्यान मुद्वाका २, बहुविवाहका २ तथा गर्भपतन, हातहतियार खरखजना र ज्यान मार्ने उद्योगका एक÷एक कैदीबन्दीलाई रिहा गरिएको हो । यस्तै, टीकापुर घटना मुद्दा खेपिरहेका ४ जना कैदी बन्दीसहित अन्य ५जना गरी कैलालीबाट ९ जना कैदी रिहा भएका भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जनासहित ४ जना रिहा हुने भएका हुन् । मुद्दा अन्तरगत रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले बताए ।
उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए । त्यस्तै पोखरास्थित बाल सुधार गृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा भएको बताइएको छ । यसअघि सो मुद्दामा ३ तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीलाई राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते कैद मुक्त गरिएको थियो ।
संविधान दिवसको अवसरमा टीकापुर घटनाका अभियोगी तीनसहित अन्य छ जनालाई पनि रिहा गरिएको छ । जसमा एक जना अवैध हातहतियार तथा खरखजना दूई जना जवरजस्ती चोरी, दुई जना बहुविवाह र एक जना सवारी ज्यानमा अभियोगमा कैलाली कारागारमा थुनामा रहेका थिए ।
Comments are closed.