महेन्द्रनगर । प्यालेष्ट्राइनी बिद्रोही समूहको हमासको आक्रमणपछि बेपत्ता भएका बैतडी दोगडाकेदार गाउँपालिका–१ रिमका हाल कञ्चनपुरको भीमदत्त नगरपालिका –३ का विपिन जोशी अझै सम्पर्क नआएको उनका दाजु किशोरचन्द्र जोशीले बताए । बिभिन्न सञ्चार माध्यममा आएका समाचारमा सम्पर्कमा आएको भन्ने खबर आएपनि आफनो भाई अहिले सम्म सम्पर्कमा नआएको बताए ।
अन्तिम पल्ट उनका भाई संगै रहेका त्रिशक्ती ४ भजनी कैलालीका बिरेन्द्र चौधरी संग शनिवार कुराकानी भएको र उनले भाई विपिनलाई हमासले लगेको जानकारी दिएको दाई किशोरले बताए । भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल पुगेका जोशी हमासको आक्रमणपछि जोशी शनिवारदेखि सम्पर्क बिहीन छन् ।
विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल पुगेका थिए । इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि जोशीको परिवार चिन्तामा डुबेको छ । सम्पर्क बिहिन रहेका विपिनका बुवा महानन्द जोशीले सामाजिक संजाल फेसबुकमा भाबुक स्टाटस लेख्दै भनेका छन्
छोराको स–कुशलका लागि भागवनसँग कामना गर्दै नेपाल सरकार र इजरायलमा रहेको नेपाली दूतावासलाई छोराको खोजी कार्य गरि सम्पर्कमा ल्याउन आग्रह समेत गरेका छन् । उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् । दुई जना भने सकुसल छन् । उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू हुन् ।
Comments are closed.