अछामका दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा एक महिला पक्राउ

महेन्द्रनगर । अछामको पञ्चदेवल विनायक नगरपालिका बडा नं.–८ का दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा काठमाडौंमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा शाहीका छिमेकी लक्ष्मी सुनार रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुनारलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको कार्यालयमा प्रवक्ता प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए ।

सुनारसहितले शाहीको कात्तिक १७ गते हत्या गरेको प्रहरीको आरोप छ ।

सम्बन्धित

Comments are closed.