भीमदत्त पन्तको तोडफोड गरिएको शालिकमा मनाईयो ९८ औँ जन्म जयन्ती

महेन्द्रनगर । अमर शहीद भीमदत्त पन्तको ९८औं जन्म जयन्ती कार्यक्रम भव्यताका साथ मनाईएको छ । आईतवार महेन्द्रनगरमा रहेको भीम बाटिकामा रहेको भीमदत्त पन्तको तोडफोड भएको शालिकमा माल्र्यापण गरेर मनाईएको हो । गत शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुले उक्त शालिकलाई तोडफोड गरेका थिए ।

अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालय कन्चनपुरका कार्य वाहक अध्यक्ष हरि प्रसाद जोशीको सभाध्यक्ष प्रमुख आतिथ्यमा नेकपा एमालेका प्रदेश समिति उप सचिव नर बहादुर बिक रहेका थिए । साथै, भीमदत्त नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता महेन्द्र खड्का, भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रवीन्द्र देवकोटा, भीमवाटिका अध्यक्ष प्रसान्त भट्ट लगायतको उपश्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रतिष्ठान का सचिव कर्ण बहादुर चन्दले शालिक माथी भएको तोडफोड गरिनु निन्दनिय रहेको बताए । निमुखा, गरिब दलित किसान नेता माथी भएको अपमानजन्य कार्यमा संलग्न रहेका सबैलाई कानुन बमोजिम कारवाही हुनु पर्ने बताए । भीम वाटिकाका अध्यक्ष प्रसान्त भट्टले सम्मानित अमर शहिद पन्तको शालिकमा के को सि पोख्नलाई अहिले शालिकमा प्रहार भयो उनले प्रश्न गरे, यो अराजग कार्यप्रती अहिले सबै समुदायका व्यक्तीहरु पनि आक्रोसित भएको बताए ।

हुँदा खाने वर्गको मुक्तीको लागी गरिएको आन्दोलनले अहिले सार्थक्ता पाएको बताए । गणतन्त्र स्थापना गर्न पनि उहाँले गरेको कार्यको सिको गर्दै सबैले अमर शहिदको पथलाई अँगालेर अगाढी बढेको बताए । कि त जोत हलो कि त छोड थलो बिना जोती हलो अब हुन्न भलो भन्ने नारालाई आत्म साथ गरेर राजनितीमा होमिएका हामीले शहिद पन्तलाई अनुसरण गर्नुपर्ने भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले बताए ।

गरिब जनाताको पक्षमा लडदै गर्दा शहिद भएका पन्त जस्तै छोराछोरी फेरी जन्मनु पर्ने अमर शहिदहरु सबै समाजमा हुनुपर्ने र सबै बिचार सिद्धान्तलाई आफुमा लागु गर्नुपर्ने बताए । राजनितीमा अनुसासन संस्कार हुनुपर्ने भएपनि अहिले केही अराजक तत्वले शालिकमा तोडफोड गर्नु निन्दनिय रहेको भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले बताए ।

भीमदत्त पन्तको सिद्धान्त नितीलाई अबलम्वन गर्ने समाज समुदायले अहिले सडकमा आउने अवस्था रहेका बताए । साथै महान शहिद पन्तको ईतिहास मेट्ने दिवा सपना नदेख्न पनि उनले आग्रह गरे, शोसक र सामन्तलाई परास्थ गर्ने आवाज उठाउने महान व्यक्तीको ईतिहास कहिले पनि नमेटिने बताए । यस्तै भीमदत्त नगरपालिकाका नगर प्रवक्ता एवम वडा नम्वर ६ का अध्यक्ष महेन्द्र खडकाले शालिकमा भएको तोडफोड प्रती घोर निन्दा भत्र्सना गरिएको बताए ।

साथै उनले जनताको पक्षमा किसानको पक्षमा काम गर्ने महान शहिद माथी किन तोडफोड भयो किन प्रहार भयो भन्दै प्रश्न गरे, साथै भीमदत्त नगरपालिकाले तोडफोड भएको शालिकको पुर्ननिर्माण गर्ने जिम्मेवारी लिने प्रवक्ता खडकाले बताए । नेकपा एमालेका प्रदेश समिति उप सचिव नर बहादुर बिकले महान शहिद भीमदत्त पन्तले जहिले श्रमजिवी, सर्वहारा वर्गहरु, किसान निमुखाहरुको आवाज बनेको अवस्थामा सम्मान गर्नुपर्ने समयमा अहिले शालिक माथी भएको प्रहार निन्दनिय, अराजक रहेको बताए ।

साथै संविधानमा उल्लेख भए बमोजिमा संलग्नलाई कडा भन्दा कडा कारवाही हुनपर्ने बताए । सार्वजनिक स्थानमा पार्कमा राखिएको शालिकमा तोडफोड गर्न जाँदै छ भन्ने जानकारी सम्म नराख्ने प्रशासनको पनि कमजोरी रहेको उनले बताए । अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालय कन्चनपुरका कार्य वाहक अध्यक्ष हरि प्रसाद जोशीले राप्रपा का जिल्ला अध्यक्ष, केन्द्रका सह प्रवक्ता जिल्लाका नेता सबैको नाममा किटानी जाहेरी दिएर कारवाही गरिनु पर्ने बताए ।

जिल्लामा रहेको नागरिकस समाज, सर्वदलिय, समाजसेवी लगायत सबैले दवाव स्वरुप यो कार्यमा संलग्नलाई कारवाहकिो लागी पहल गर्नु पर्ने बताए । गणतन्त्रमा पाएको अधिकारको दुरुपयोग गरेर समुदायमा अराजक क्रियाकलाप गर्ने कसैलाई पनि छोडन नहुने बताए साथै उनले वडा नम्वर १८ र भीमदत्त नगरपालिकाले यो तोडफोड गरिएको शालिको पूननिर्माण गर्न आग्रह गरे उक्त कार्यक्रमको संचालन प्रतिष्ठान का सदस्य अम्बा दत्त तिवारीले गरेका थिए ।

सम्बन्धित

Comments are closed.