महेन्द्रनगर । डडेल्धुरा घर भई हाल जापानमा रहेका युवा समाजसेवी विनयप्रकाश मल्लले डडेल्धुराको भागेश्वर गाँउपालिका वडा नम्बर २ मा रुपाल बहुमुखी क्याम्पस संचालन गर्नका लगी नगद धनराशी सहयोग गरेका छन् । उनले जिल्लाको दुर्गम क्षेत्र रुपालमा क्याम्पस संचालन गर्न नगद ५० हजार सहयोग गरेका हुन् ।

डडेल्धुराको रुपाल र आसपासका क्षेत्रमा चार वटा माध्यमिक विद्यालय छन् । विद्यालयका प्रधानाध्यापक राजेन्द्र पाण्डेले एक शैक्षिक सत्रमा चार विद्यालयबाट १२ कक्षा उत्तिर्ण गर्ने विद्यार्थीको संख्या डेढ सयको हाराहारीमा हुन्छ । तर, ती सबै विद्यार्थी उच्च शिक्षाका लागि अन्यत्र जानु पर्ने बाध्यता रहेको बताए ।

समाजसेवी मल्लले गरेको सहयोगले आफनो बिद्यालयलाई क्याम्पस बनाई अन्यत्र जाने विद्यार्थीहरुले आफनै घर नजिक पायक पर्ने क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्न सक्ने बताए । उच्च शिक्षाका लागि जिल्ला सदरमुकाम, कैलाली, कञ्चनपुर, संघीय राजधानी वा विदेश ताक्नुपर्ने बाध्यता विद्यार्थीको रहेको अव्स्थामा अब आफनै गाउँघरमा अध्ययन गर्न वातावरण बन्दै गएको उनले बताए ।
सहयोगी समाजसेवी प्रती विद्यालयले हार्दिक कृतज्ञता धन्यवाद व्यक्त गरेका छन् । ‘क्याम्पस सञ्चालनका लागि हामीले सुदूरपश्चिम विश्वविद्यालयलाई सम्बन्धन दिन आग्रह गर्दै निवेदन लेखेका थियौं,’ प्रधानाध्यापक पाण्डेले भने, ‘विश्वविद्यालयले दुईपटक सम्भाव्यता अध्ययनका लागि टोली पठाएको थियो । अब यसै महिनाभित्र क्याम्पस सञ्चालनका लागि अनुमति प्राप्त हुन्छ भन्ने विश्वासमा छौं ।’
उनले सुरुवातमा शिक्षा संकायको अध्ययन सुरु गर्ने तयारी रहेको बताए । पाण्डेका अनुसार सुरुवाती चरणमा क्याम्पस खोल्नको लागि ४५ लाख आवश्यक छ । ‘१५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने र ३० लाख बरावरको अक्षयकोष खोल्नु पर्ने भएकोले क्याम्पस सञ्चालनका लागि सुरुमै ४५ लाख आवश्यक छ,’ उनले भने, ‘उक्त रकम जम्मा गर्नका लागि हामीले आर्थिक संकलन अभियान सुरु गरेका थियौं ।
अहिलेसम्म ३० लाख संकलन भइसकेको छ । अझै उक्त अभियान जारी छ ।’ साथै समाजसेवी मल्लले त्यो हात सधै पवित्र हुन्छ ‘‘.जुन प्रार्थना भन्दा धेरै सेवाको लागि उठ्छ भन्दै आगामी दिनमा पनि आफुले आफनो जन्म भुमकिा लगी साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले अहिले डडेल्धुरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटकिय क्षेत्र, मठमन्दिर निर्माण लगायत एकल महिला, बालबालिका, बिरामी उपचार नपाएकालाई सहयोग गरी स्वस्थ बनाउने काम गरेका छन् ।
उनले डडेल्धुरामा लाग्ने धार्मिक मेला महोत्सवमा पानी फलफुल,जुस ,प्रशादहरु निशुल्क वितरण गर्ने जल्लामा रहेको पुरातात्विक, ऐतिहासिक पर्यटकिय क्षेत्रका मठमन्दिरहरु निर्माण, मर्मत र मुर्तीहरु स्थापना गरेर सहयोग गरेका छन् । साथै उनले, मन्दिरहरुमा अक्षयकोषको स्थापना पनि गरेका छन् । जापानमा व्यवसाय गरिराख्नु भएका अमरगढी नगरपालिका–४ खलांगा निवासी समाजसेवी विननयप्रकाश मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना पनि भएका छन् ।
सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याजवाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने भएको छ । समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ । डडेल्धुरा जिल्लामा बिभिन्न सामाजिक गतिविधीहरुमा आर्थिक सहयोग चाहिएमा स्थानीयले मल्ललाई सम्झिने गरेका छन ।
जिल्लामा हालसम्म एक करोड भन्दा बढि रकम आर्थिक सहयोग गरिएको सामाजसेवी विनयप्रकाश मल्ल सहयोग युवा टिमका सदस्य खगेन्द्र ठकुराठीले जानकारी दिएका छन् ।
Comments are closed.