महेन्द्रनगर । डडेल्धुराको परशुुराम नगरपालिकाको एक विद्यालयमा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । परशुुराम नगरपालिका वडा नं ७ मा रहेको श्री सिद्धनाथ माध्यमिक विद्यालयका अत्ति बिपन्न, गरिब तथा जेहन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

उनिहरुलाई ट्रयाक सुट, बिद्यालय झोला, शैक्षिक समाग्रीहरु वितरण गरिएको छ । लालीगुरास नेपाली रेस्टुरेन्ट साउदी अरब बाटको सहयोगमा कञ्चनपुरको ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकी अध्यक्ष समाजसेवी चाँदनी ऐरले सो शैक्षिक सामाग्री वितरण गरेकी हुन् ।
चौराह स्पोर्ट्स एसोसिएसनका संस्थापक अध्यक्ष समाजसेवी दिनेश अवस्थीको समन्वयमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,विद्यालयका प्रधानाध्यापक,वडा सदस्य,शिक्षक शिक्षिका,अभिभावकहरू लगायत समाजसेवी डा. कृष्ण दत्त जोशी बोक्सर, समाजसेवी वीर बहादुर बोहरा,समाजसेवी कृष्ण चन्द लगायतको सहभागिता रहेको थियो ।
लालिगुरास नेपाली रेस्टुरेन्ट साउदी अरब बथाले नेपालमा मात्रै नभएर बिदेशमा कैयौं अलपत्र नेपाली युवाहरुको उद्दार पनि गर्दै आएको ऐरले बताईन् ।
Comments are closed.