महेन्द्रनगर । परराष्ट्र मन्त्री एनपी सावदले कञ्चनपुरका विपिन जोशीलाई हमासले दोस्रो युद्ध विराममा छोडने बताएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ मा रहेको कृष्ण मावीमा १४औं राष्ट्रपति रनिङ्ग सिल्ड नगर स्तरीय छनोट प्रतियोगिताको उद्धघाटन कार्यक्रममा बोल्दै उनले दोस्रो युद्ध विराममा विपिन जोशीको रिहाईका लागी ठोस पहल गर्ने कतारबाट आश्वासन प्राप्त भएको बताएका छन् ।
आफुले दैनिकजसो कतार सरकार मार्फत उनको रिहाईको लागी छलफल गरिरहेको र सकारात्मक समाचार आउनेमा आफु ढुक्क रहेको र परिवारले पनि अब छिट्टै यो विषयमा सकारात्मक सन्देश आउने बताए । अहिले विपिनलाई हमासले नियन्त्रणमा लिएको तीन महिना पुगेको छ । हमासले इजरायलमाथि आक्रमण गरेपछि हमासले नियन्त्रणमा लिएका बन्दी मध्येका एक विपिनको रिहाइका लागि नेपालले पटक पटक प्रयास जारी राखेको छ ।
हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली कारवाहीमा हालसम्म २२ हजारको ज्यान गएको छ । इजरायल र हमासबिचको द्वन्द चर्किएसँगै गाजा क्षेत्रका २३ लाख सर्वसाधारण विस्थापित भएका छन् । गत अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि इजरायलले आफ्नो जवाफी कारवाही प्रारम्भ गरेको थियो ।
हमासको हमलामा करिब एक हजार दुई सयको मृत्यु भएको थियो भने २ सय ४० जनालाई बन्दी बनाइएका थिए । कञ्चनपुरका विपिन जोशीसँगै करिब १ सय २० जना अझै हमासको नियन्त्रणमा छन् ।
Comments are closed.