महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिमा उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिम सुरु भएको छ । दोधारा चाँदनी– ४ मा नगरपालिका कार्यालय लघुउद्यम बिकास शाखा कार्यालयको आयोजना र उद्योग बाणिज्य संघ तथा आपुर्ती मन्त्रालयको आर्थिक सहयोगमा ८ दिने उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिम सुरु गरिएको हो ।
दोधारा चाँदनी नगरपालिका कार्यालय लघुउद्यम बिकास शाखा कार्यालयका मोहन भट्टले वडामा रहेका ३५ जना महिलाहरुको सहभागितामा संचालन गरिएको बताए । तालिमको उद्धघाटन सत्रमा वडा अध्यक्ष भक्त बहादुर सुनार, वडा सदस्य गगन बहादुर सिंह, पदमराज भट्ट, सरसवती लुहार, दोधारा चाँदनी नगरपालिका कार्यालय लघुउद्यम बिकास शाखा कार्यालयका सहजकर्ता मोहन भट्ट लगाएत तालिमका सहभागीको बाक्लो उपस्थिती रहेको थियो ।
उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिमको वडाध्यक्ष भक्त बहादुर सुनारले विधिवतरुपमा उद्धघाटन गरेका छन् । वडा रहेका सबै टोलबाट महिलाहरुलाई छनौट गरि तालिममा सहभागी गराईएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । सिप सिकौं, आत्मनिर्भर बनौं नारा सहित संचालन गरिएको तालिममा आत्मनिर्भर बनाउन उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिम संचालन गरिएको उनले बताएका छन् ।
बिगतका दिनहरुमा तालिम लिने तर तालिममा सिकेका कुरा व्यवहारमा नल्याउने भएको कारण तालिममा अर्थ नभएको बताउदै वडाध्यक्ष सुनारले अवका दिनहरुमा उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिममा सहभागीहरु मध्य उत्कृष्ट तथा लगन भएर तालिम पश्चात सिकेका कुरा व्यवहारमा उतार्ने महिलाहरुलाई मात्र वडा कार्यालयले सहयोग तथा अन्य थप तालिम दिने ब्यवस्था गरिने बताएका छन् ।
उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिमको उद्धघाटन सत्रमा आफ्नो बिचार राख्दै वडा सदस्य गगन बहादुर सिंहले बिगतका दिनहरुमा संचालन गरिएका अधिकांश तालिममा सहभागीहरुले तालिम मात्रै लिने उद्यमी बनेर आयआर्जन गर्ने कार्य न्युन देखिएको हुदा अबका दिनहरुमा तालिम लिए पश्चात अनिवार्यरुपमा उद्यमी बन्नु पर्ने योजना अनुरुप वडा कार्यालयले नयाँ रणनिती तयार गरेको बताएका छन् ।
‘तालिम लिएपछि अनिवार्यरुपमा उद्यमी हुनै पर्ने अनुरुप उद्यमशिलता बिकास र लैगिंक सचेतना तालिम संचालन गरिएको हो’ वडा सदस्य गगन बहादुर सिंहले भने । तालिममा सहभागी भई उद्यमी बन्ने सहभागीहरुले प्रतिबद्धता जाहेर गरेका छन् ।
Comments are closed.