महेन्द्रनगर । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले माध्यमिक शिक्षा ऐन निजी तथा आवासिय शिक्षकको भावना विपरित निर्माण नहुने बताएका छन् । बुधवार राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन– प्याब्सन) को ‘१६ औं नेशनल प्याब्सन जिल्ला स्तरीय खेल महोत्सव २०८०’को उदघाटन समारोहमा बेल्दै उनले प्रतिनिधीमा सबै भन्दा बढी चर्चा छलफल भएको माध्यामिक शिक्षा बिधेयक रहेको बताउँदै आफनो तर्फबाट कुनै पनि हिशावले बिधेयक निर्माण गर्ने क्रममा कुनैपनि हालतमा निजी तथा आवासिय शिक्षकको भावनाका विरुद्धमा यो कानुन निर्माण नहुने बताए ।

उनले भने, ऐन कानुन बन्नाका लागी विधेयक विधेयकका रुपमा प्रतिनिध सभामा प्रस्तुत भएको छ बिभिन्न कोण काट बिभिन्न बिचारहरु कुराहरु उठेका छन् स्थानिय तह स्थानिय कोण बाट पनि कुराहरु बिभिन्न विषयमा कुरा उठेका छन् । एउटा विषयमा आफु स्पष्ट रहेको सामुदायिक विद्यालयमा शिक्षाको गुण्स्तर पुग्नु पर्ने जती नपुगेमा त्यसको जिम्मा निजी तथा आवासिय विद्यालयले लिन सक्तैन उनले भने , साथै उनले निजी र आवासिय विद्यालयहरुले नेपालको शिक्षाको उन्नती क्षेत्रमा अत्यन्त महत्वपूर्ण भुमिका र योगदान रहेको बताए ।

निजी आवासिय संस्थाले साथै समुदायमा शिक्षाको गुणस्तरलाई बढोत्तरी गरेको र बिभिन्न विधाका विद्यार्थीहरुको प्रतिभालाई उजागर गरी राष्ट्रिय स्तरमा चिनाउन सफल भएको बताए । शिक्षाको क्षेत्रमा राम्रो जनशक्ति उत्पादन गर्ने काम पनि संस्थाले गरेको र शिक्षाको क्षेत्रलाई बढी भन्दा बढी प्रतिश्पर्धात्मक अवस्थामा पनि गुणस्तरिय शिक्षा प्रदान गरेको बताए । माघ ३ गते देखि ५ गते सम्म हुने नेशनल प्याब्सन जिल्ला स्तरीय खेलको उदघाटन समारोह एक कार्यक्रम बिच भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा कञ्चनपुर जिल्ला भरी रहेका १३५ विद्यालय मध्ये ५६ विद्यालयले सहभागीता जनाएका थिए ।

विहान ९ बजे सहभागी विद्यालयले खुल्ला मञ्चबाट निकालेको प्रभात फेरी मदन चौक हुदै दशरथ चौक बाट बजारको परिक्रम गरी पुनः मञ्चमा भेला भएको थियो । विद्यार्थीको शीक्षा सँगै चौतर्फी विकासको लागि प्रत्येक वर्ष मनाउदै आएको खेल महोत्सव यस वर्ष पनि मनाउन लागेको एन–प्याब्सन जिल्ला सचिव एवम खेलकुद संयोजक बलदेव भट्टले जानकारी दिए । खेलबाट आपसी सदभाव विद्यार्थीहरुको प्रतिभा अनुशासन पहिचान गर्ने मौका मिल्ने भएकाले पनि यसको आयोजना गरिएको खेलकुद संयोजक भट्टले बताए ।

यसै खेलकुदलाई आधार मानेर जिल्ला खेलकुदले पनि खेलाडीहरु छनौट गर्ने भएकाले पनि यो खेलकुदबाट पनि त्यस्ता प्रतिभावान खेलाडीहरुले आफनो कला क्षमता देखाएर आफनो भविश्य खेलकुदमा अगाडी बढाउने अवसर को रुपमा पनि यो १६ औ जिल्ला स्तरिय एन प्याबसन खेल महोत्सव रहेको एन प्याबसन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशीले बताए ।
१६ औं नेशनल प्याब्सन जिल्ला स्तरीय खेल महोत्सव २०८० को उद्यघाटन समारोहमा एन प्याबसन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशीको सभापतित्व रहेको थियो भने प्रमुख अतिथीमा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रमेश लेखक रहेका थिए, कार्यक्रम सञ्चालन एन–प्याब्सन जिल्ला सचिव एवम खेलकुद संयोजक बलदेव भट्टले गरेका थिए ।
Comments are closed.