महेन्द्रनगर । कञ्चनपुरका क्रियाशिल पत्रकार भाष्कर केसि सम्मानीत भएका छन् । बुधबार महेन्द्रनगरको फलोरिडा ईन्टरनेशनल बोडिङ्ग स्कुलले आफनो २३ औ स्थापना दिवसको अवसरमा पत्रकार केसि लाई सम्मानित गरेको हो।
पत्रकार केसिले उक्त स्कुलमा २०६५ साल देखि ०७१ साल सम्म लेखापाल पदमा काम गरेर स्कुलको चौतर्फि विकासमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै दोसल्ला र प्रमाण पत्रले बार्षिकोत्सव कार्यक्रममा सम्मानित गरेको विद्यालयले जनाएको छ । पत्रकारिता क्षेत्रमा आउनु पुर्व केसिले सो विद्यालयमा काम गर्दा निकै मेहनत र ईमान्दारीताका साथ काम गरेकाले सम्मान गरिएको आयोजक स्कुलले जनाएको छ ।
यो सम्मानले आफुमा थप हौसला उर्जा र जिम्मेवारी थप भएको पत्रकार केसीले बताउनु भयो । सम्मानीत गरेकोमा स्कुललाई धन्यावाद सहित आफूलाई खुसि लागेको पत्रकार केसिले बताउनु भयो । पत्रकार केसि महेन्द्रनगरबाट प्रकाशित हुने सुदूरदर्पण दैनिक पत्रिकाका सम्पादक समेत हुन ।
Comments are closed.