महेन्द्रनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले ६० करोड नौ लाख ६२ हजार राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०८२÷०८३ मा लक्ष्यअनुरुप वार्षिक राजस्व सङ्कलन गर्न सकेको छैन । रु ६९ करोड दुई लाख ८६ हजार वार्षिक राजस्व सङ्कलनको लक्ष्य लिएकोमा रु ६० करोड नौ लाख ६२ हजार राजस्व संकलन गरेको हो ।
कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टले लक्ष्यभन्दा १३ प्रतिशतले कम राजस्व जम्मा भएको बताउनु भयो । गत आर्थिक वर्ष २०८२÷०८३ को श्रावण महिनामा ५ करोड ६० लाख ६२ हजार लक्ष्य रहेकोमा ५ करोड ४ लाख ९३ हजार २ सय ७२ रुपैँया जम्मा भएको छ ।
भाद्र महिनामा ५ करोड ८८ लाख ८६ हजार लक्ष्य रहेकोमा ४ करोड ९३ लाख ७ हजार ५० रुपैँया जम्मा भएको छ । यसैगरी, असोजमा ५ करोड ७६ लाख ८९ हजार लक्ष्य रहेकोमा ५ करोड ८८ लाख ९१ हजार ६ सय ३० जम्मा भएको छ ।
कार्तिकमा ५ करोड ९४ लाख ५९ हजार लक्ष्य रहेकोमा ४ करोड ३४ लाख ९ हजार ६ सय ४० जम्मा भएको छ । यसैगरी मंसिरमा ५ करोड ३३ लाख ६५ हजार लक्ष्य रहेकोमा ४ करोड ६१ लाख ३ हजार ३ सय ३५ रुपैँया जम्मा भएको छ । पौषमा ५ करोड ४० लाख १९ हजार लक्ष्य रहेकोमा ३ करोड ८४ लाख ६९ हजार ५ सय ७ रुपैँया जम्मा भएको छ ।
माघ महिनामा ५ करोड ३८ लाख ६७ हजार लक्ष्य रहेकोमा ४ करोड ९५ लाख ९७ हजार ८४ रुपैँया जम्मा रहेको छ । फागुनमा ५ करोड ४२ लाख ७५ हजार लक्ष्य रहेकोमा ४ करोड २८ लाख ८३ हजार ७ सय ६६ रुपैँया जम्मा भएको छ । चैत्र महिनामा ५ करोड ८३ लाख ८ण् हजार लक्ष्य रहेकोमा ५ करोड ४१ लाख २७ हजार ३ सय २१ जम्मा भएको छ ।
यसैगरी, बैशाख महिनामा ५ करोड ९३ लाख १६ हजार लक्ष्य रहेकामा ५ करोड ६१ लाख ९ हजार ८ सय ४०रुपैँया जम्मा रहेको छ । जेष्ठ महिनामा ६ करोड ५३ लाख ९० हजार लक्ष्य रहेकोमा ४ करोड ३१ लाख २ हजार ८ सय ४६ रुपैँया जम्मा भएको छ ।
असार महिनामा ५ करोड ९५ लाख ७८ हजार लक्ष्य रहेकोमा ६ करोड ९२ लाख ३० हजार ८५ रुपैँया जम्मा भएको छ । कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टले गत जेठमा करको दरमा गरिएको कडाइ र वनबासा पुल सीमित समय मात्रै खुल्ने भएका कारण राजस्व सङ्कलनमा प्रभावित हुने गरेको बताए ।
यहाँबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इलेक्ट्रिक सामान, भाँडाकुँडा, कृषि सामग्रीलगायतका वस्तु आयात र अदुवालगायतका मालसमान भारत निर्यात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।
Comments are closed.