कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ मा किशोरी क्लबको अगुवाइमा सरसफाइ अभियान सम्पन्न भएको छ। २०८३ साल असोज १३ गते आयोजना गरिएको उक्त अभियानमा समुदाय तथा विद्यालयका किशोर–किशोरी, स्थानीय अगुवा तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को साझेदारीमा सञ्चालित ‘Resilient Future: Ending Child Marriage’ परियोजनाअन्तर्गत वडा नम्बर ७ मा गठन गरिएको कोपिला किशोरी क्लबको अगुवाइमा सरसफाइ अभियान सञ्चालन गरिएको हो।
अभियानका क्रममा विद्यालय तथा समुदाय आसपासका क्षेत्रमा सरसफाइ गर्नुका साथै फोहोर व्यवस्थापन, स्वच्छ वातावरण र सरसफाइको महत्वबारे समुदायमा सचेतना फैलाइएको थियो।
सरसफाइ अभियानले किशोर–किशोरीलाई समुदायको सरसफाइ तथा सामाजिक अभियानमा सक्रिय रूपमा सहभागी गराउनुका साथै उनीहरूको नेतृत्व क्षमता, सामूहिक कार्य र जिम्मेवारीबोध विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।
‘स्वच्छ समुदाय निर्माणमा किशोर–किशोरीको सक्रिय सहभागिता आवश्यक छ’ भन्ने सन्देशसहित सम्पन्न अभियानमा सहभागीहरूले नियमित रूपमा सरसफाइ गर्ने तथा आफ्नो विद्यालय र समुदायलाई स्वच्छ राख्न निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
Comments are closed.