महाकाली मोडर्नले आयोजना गरीरहेको कृषि हाट बजारको चौतर्फी वाहवाही

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले प्रत्येक महिनामा विद्यालयको प्राङगणमा आयोजना गर्दै आएको कृषि हाट बजारको चौतर्फी वाहवाही भइरहेको छ । विद्यालयले प्रत्येक महिनामा कृषी हाट बजारको आयोजना गरीरहेको छ ।

विद्यार्थीहरुल्े आफनै घरमा उव्जनी गरेका तरकारी, फलफुल, दाल आदी वस्तु ल्याएर बेच्ने गरेका छन् । विद्यार्थीमा कृषि तथा उद्यमशीलताको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको हाट बजारमा विद्यार्थीहरूले आफ्नै घरमा उत्पादन गरेका विभिन्न कृषि उपज बिक्रीका लागि ल्याएका छन्।

हाट बजारमा विद्यार्थीहरूले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी, फलफूल तथा फूलका बिरुवाहरू राखिएका छन्। जिल्लामा पहिलो पटक यस्तो प्रकारको भिन्न ज्ञानवद्र्धक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई केही न केही सिप, ज्ञान संग जोडेर विद्यार्थीहरूलाई व्यवहारिक शिक्षासँग जोड्ने उद्देश्यले कृषी हाट बजारको आयोजना गरिएको हो ।

असोज १४ गते आयोजना भएको उक्त हाट बजारको कृषी ज्ञान केन्द्र कञ्चनपुरका बाली संरक्षण अधिकृत मदनराज भट्टले अवलोकन गर्नु भएको छ । उहाँले आफुलाई यो नविनतम कार्यले मनमोहक बनाएको र गर्व महसुस गराएको बताउनु भयो ।
जिल्लामा नै अन्य विद्यालयले यस्तो नवितम कार्य नगरेको बताउनु भयो । यो कार्यले विद्यार्थिहरुलाई कितावी ज्ञान मात्रै नभएर विद्यार्थीहरूले आफैंले उत्पादन गरेका सामग्रीको मूल्य निर्धारण, बिक्री तथा ग्राहकसँगको व्यवहारसमेत आफैंले गर्ने सिकार्य को विकास हुने बताउनु भयो ।

यो नविनतम कार्यको अन्य विद्यालयले पनि सिको गर्नु पर्ने र विद्यार्थीहरुलाई सिपको पनि आदान प्रदन गर्ने अवसर मिल्ने बताउनु भयो । विद्यालयले विद्यार्थीलाई किताबमा मात्र सीमित नराखी व्यवहारिक तथा व्यावसायिक ज्ञान प्रदान गर्ने उद्देश्यले कृषि हाट बजार आयोजना गरेको प्रती विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नु भयो ।

हाट बजारमार्फत विद्यार्थीले कृषि उत्पादन, बजार व्यवस्थापन, आम्दानी तथा उद्यमशीलतासम्बन्धी व्यवहारिक ज्ञान प्राप्त गर्ने अपेक्षा गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले जानकारी दिनुभयो ।

विद्यार्थीलाई कृषि पेशाप्रति आकर्षित गर्नुका साथै घरमै उत्पादन गर्न सकिने कृषि उपजको महत्वबारे समेत सचेतना फैलाउने विश्वास गरिएको उहाँको भनाइ रहेको छ।

कृषी हाट बजारले कक्षा कोठाभित्र सीमित ज्ञानलाई व्यवहारमा उतार्न सहयोग पु¥याउने उदेश्यले आजको कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।

यो मेलाको आयोजना भन्दा पूर्व विद्यार्थीहरुलाइ आ आफनो घरमा सबैले तरकारी उत्पादन गरेको हुनैपर्ने भने पश्चात सबैले आआफनो घरमा लगाएको तरकारीहरु अन्य सामानहरु ल्याएर बेच्न लागको बताउनु भयो । प्रत्येक महिना यसैगरी विद्यार्थीहरुको हौसला बढाउन यो कार्यक्रमको आयोजना भईरहेको उहाँले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.