महेन्द्रनगर । मौलिक लोक देउडा गायक लालबहादुर धामी –अछामी बड्डो सुदुरपश्चिम् भूगोल बाट केन्द्रिय सदस्यमा निर्विरोध चयन हुनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती–२०८३ मा उहाँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको थियो ।
सुदूरपश्चिमको मौलिक लोक देउडा गीतसंगीतको संरक्षण, प्रवद्र्धन तथा राष्ट्रियस्तरमा पहिचान स्थापित गर्ने उहाँले बताउनु भयो । मौलिक लोकसंस्कृति र लोकसंगीतको संरक्षणसँगै कलाकारहरूको हकहित, पेसागत सम्मान र संस्थागत सुदृढीकरणका लागि काम गर्ने धामीले बताउनु भयो ।
सुदूरपश्चिमको कला, संस्कृति र मौलिक लोकसंगीतलाई राष्ट्रियस्तरमा थप स्थापित गर्न प्रतिष्ठानको केन्द्रीय तहमा क्षेत्रको प्रतिनिधित्व प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
Comments are closed.