महाकाली मोडर्न स्कुलका विद्यार्थीले भजन साँझमा प्रस्तुत गरे आफ्नो कला, सबै भए मन्त्र मुग्ध

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३, भाँसीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले विद्यार्थीहरूको चौतर्फी विकासलाई प्राथमिकतामा राख्दै शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापलाई समेत महत्त्व दिँदै आएको छ। विद्यार्थीहरूको प्रतिभा, सीप र कलाको विकास गरी उनीहरूलाई विभिन्न क्षेत्रमा पहिचान दिलाउने उद्देश्यका साथ विद्यालयले विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दै आएको हो।

विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी खेलकुद, सांस्कृतिक कार्यक्रम, विभिन्न क्षेत्रको अवलोकन भ्रमण तथा प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ। विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभाको पहिचान, विकास र प्रोत्साहनका लागि विद्यालयले विशेष ध्यान दिँदै आएको छ।यसैक्रममा शनिबार महेन्द्रनगरमा आयोजना गरिएको भजन साँझ कार्यक्रममा महाकाली मोडर्न पब्लिक स्कुलका विद्यार्थीहरूले भजनमार्फत आफ्नो कला र प्रतिभा प्रस्तुत गरेका छन्। विद्यार्थीहरूले भजन गायनमार्फत आफ्नो गायन सीप, सांगीतिक क्षमता तथा सांस्कृतिक प्रतिभा प्रस्तुत गरेका हुन्।

विद्यालयले विद्यार्थीहरूको प्रतिभालाई उचित सम्मान गर्दै सम्बन्धित क्षेत्रका कार्यक्रमहरूमा सहभागी गराएर उनीहरूको क्षमता उजागर गर्ने अवसर प्रदान गर्दै आएको छ। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै आफ्नो कला, संस्कृति र परम्पराप्रति रुचि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई अब्बल बनाउने लक्ष्यसहित महाकाली मोडर्न पब्लिक स्कुलले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विभिन्न गतिविधिलाई निरन्तरता दिँदै आएको छ।

सम्बन्धित

Comments are closed.