महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित महाकाली टोलमा नगर प्रहरीको सहयोगमा अजिङ्गर सर्पको उद्धार गरिएको छ। धान काट्ने समयमा स्थानीयवासीले खेतमा अजिङ्गर सर्प देखेपछि वडा अध्यक्ष प्रकाश थापालाइृ खबर गरेका थिए ।
खेतमा अजिङ्गर देखिएपछि स्थानीयवासीमा त्रास फैलिएको थियो। वडा अध्यक्ष थापाले भीमदत्त नगरपालिकाका नगर प्रहरलिाइृ खबर गरेको र नगर प्रहरीको सहयोग लिएर उक्त अजिङ्गर सर्पको उद्धार गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
उद्धारपछि सर्पलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने उद्देश्यले आवश्यक पहल गरिएको छ। धान काट्ने समयमा खेतबारीमा सर्प देखिन सक्ने भएकाले किसान तथा स्थानीयवासीलाई सतर्कता अपनाउन अध्यक्ष थापाले आग्रह गर्नुभयो ।
सर्प देखिएमा आफैँ समात्ने वा मार्ने प्रयास नगरी सम्बन्धित निकायलाई खबर गर्नुपर्ने हुन्छ। यसले मानव सुरक्षा र वन्यजन्तु संरक्षणमा समेत सहयोग पुग्नेछ।
Comments are closed.