महिलालाई बचत तथा ऋण व्यवस्थापनसम्बन्धी तालिम २ दिने तालिम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको सामाजिक संस्था स्विट नेपालले आयोजना गरेको महिलाहरूलाई समूहमा आधारित बचत तथा ऋण व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सम्पन्न गरेको छ । बिहिवार देखी संचालनामा रहेको उक्त तालिम शुक्रवार सम्पन्न भएको हो ।

महिला सशक्तीकरण र बाल अधिकार संरक्षण परियोजनाअन्तर्गत वेदकोट नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र १० का विभिन्न महिला समूहमा आबद्ध महिलाहरूलाई लक्षित गरी तालिमको आयोजना गरिएको थियो। परियोजनाअन्तर्गत गठन तथा परिचालन भइरहेका ६० वटा समूहबाट छनोट गरिएका ४० जना अभिलेखकर्तालाई तालिम प्रदान गरिएको स्विट नेपालले जनाएको छ ।

तालिममा समूहको बचत तथा ऋण व्यवस्थापन, आर्थिक कारोबारको अभिलेख राख्ने तरिका र समूहलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा जानकारी प्रदान गरिएको छ ।

यो तालिम बाट महिला सहभागि हरुले आफनो समुहमा गरीने हरहिशावको लेखाजोखा राख्ने र समुहमा महिलाहरूलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउँदै बालबालिकाको हकअधिकार संरक्षण गर्ने उद्देश्य रहेको कार्यक्रम प्रबन्धक अमित सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिलाहरूलाई समूहमा आबद्ध गराई बचत तथा ऋणसम्बन्धी गतिविधिमा सक्रिय बनाउनुका साथै बाल अधिकार संरक्षणका विषयमा समेत सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

महिला समूहमा आबद्ध महिलाहरूले आफूले सिकेका ज्ञान, सीप र अनुभव अन्य महिलाहरूसँग समेत आदानप्रदान गर्दै समुदायमा सचेतना फैलाउने अपेक्षा गरिएको छ । यसैगरी सहभागी वेदकोट नगरपालिका ४ बेतडा नौलो आत्मनिर्भरकी सदस्य पवित्रा धानुकले यो तालिमबाट आफुले निकै नै नयाँ कुरा हरुको जानकारी पाएको बताउनु भयो ।

उहाँले महिलाहरूको नेतृत्व क्षमता विकास, आर्थिक व्यवस्थापनमा आत्मनिर्भरता तथा बालबालिकाको अधिकार संरक्षणका विषयामा पनिजानकारी पाएको र यहाँ सिकेका विषयवस्तुहरुलाई आफनो समुहमा गएर सिकाउने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.