महेन्द्रनगर । प्रतिनिधी सभा सदस्य सांसद ज्ञानेन्द्र सिह महताको विशेष पहलमा कञ्चनपुरमा धान खरिद कोटा बृद्धि हुने भएको छ । चालु आर्थिक बर्ष ०८३÷०८४ मा सरकार मातहत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरमा धान खरिद कोटा बृद्धि हुने भएको हो ।
शुक्रबार सासद महताको चासोपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आयोजना गरेको सरोकारवाला बैठकबाट जिल्लामा थप २० हजार क्विन्टल धान खरिद गर्नुपर्ने र त्यसका लागि सासदले केन्द्रमा पहल गर्ने भएका छन ।
अहिले साविक ८ हजारमा थप २० हजार थप क्विन्टल धान थप हुने भएको छ । बिहीबार कुपन नपाएपछि सासद महतासंग केही किसानले धान बेच्न नपाएको गुनासो पोखेपछि सासद महताले बिहीबारदेखि शुक्रबार दुई दिन लगाएर धान कोटा बृद्धिका लागि निर्णय गराउन सफल भएका छन ।
भने, बिहीबार वितरण गरिएका कुपनमा गडबढी भएको भन्दै रद्द गरिएको र कोटा थप नहुन्जेलसम्म बिक्रि वितरण रोक लगाईको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट निर्वाचित सासद महताले कुनैपनि किसानले धान बिक्रिका लागि खाद्यमा पुग्दा सबैको धान खरिद गर्नुपर्ने र रितो हात घर जानुपर्ने बाध्यता हटाउन निर्देशन समेत दिएका छन ।
बैठकमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईराला, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख प्रकास न्यौपाने सहितका सरोकारवाला सहभागि भएका छन । सासद महताको पहलमा कञ्चनपुरमा अब तेब्बर कोटा बृद्धि हुने भएपछि किसान हर्षित भएका छन ।
Comments are closed.