लैङ्गिक हिंसा न्यूनीकरणका लागि निड्स नेपालको समन्वय बैठक सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरोकारवालाहरूसँग समन्वय बैठक सम्पन्न भएको छ। कञ्चनपुरमा रहेको सामाजिक संस्था निड्स नेपालको आयोजनामा कोइका र अक्सफामको सहयोगमा उक्त बैठक सम्पन्न भएको हो।

लैङ्गिक हिंसा न्यूनीकरणका क्षेत्रमा जिल्लामा सक्रिय रूपमा काम गर्दै आएका विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि र सरोकारवालाहरूको सहभागिता रहेको बैठकमा लैङ्गिक हिंसा रोकथाम तथा न्यूनीकरणका लागि भइरहेका प्रयासहरूबारे छलफल गरिएको थियो।

बैठकमा जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाहरूले सञ्चालन गरिरहेका कार्यक्रम, गतिविधि तथा कार्ययोजनाको समीक्षा गर्दै आगामी दिनमा लैङ्गिक हिंसा न्यूनीकरणका क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गर्ने विषयमा छलफल भएको इम्पावरिङ हर कार्यक्रमका कार्यक्रम संयोजक नबिन भट्टले जानकारी दिनु भयो ।

भीमदत्त नगरपाकिलामा संचालित परियोजनामा आधारित रहेर लैङिगक हिंसा न्युनिकरण गर्न समन्वय र सहकार्य बढने र विगतका वर्ष झै यो वर्ष पनि यो वठकको आयोजना गरीएको उहाँले बताउनु भयो । साथै आगामी लैङिगक हिँसालाई कम गर्न के कसरी काम गर्न सकिन्छ ? र लैङिगक हिन्सालाई कसरी कम गर्न सकिन्छ ? भन्ने विषयवस्तु रहेर छलफल भएको बताउनु भयो ।

गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष अमिर तिरुवाले यो वैठक अति नै प्रभावकारी रहेको र यो वैठक निरन्तर रुपमा संचालनमा आउनु पर्ने बताउनु भयो । यो वैठकबाट सरोकारवाला संस्थाहरुको क्रियाकलापहरु योजनाहरको बविषयमा जानकारी हुने बताउनु भयो ।

साथी संस्थाका कार्यक्रम संयोजक उर्मिला शाहीले लैङिगक हिँसा न्युनिकरणमा निड्स नेपालको अहम भुमिका रहेको बताउनु भयो । लैङ्गिक हिंसाका घटनालाई न्यूनीकरण गर्न सम्बन्धित निकायहरूबीच आपसी समन्वय, सहकार्य र साझा प्रयास आवश्यक रहेको उहाँले बताउनु भयो ।

साथै, हिंसापीडितलाई आवश्यक सहयोग तथा न्यायमा पहुँच पुर्‍याउन सबै सरोकारवाला निकायले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने विषयसमेत उठाइएको थियो। बैठकले जिल्लामा लैङ्गिक हिंसा न्यूनीकरणका लागि आगामी दिनमा थप प्रभावकारी योजना निर्माण तथा कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित

Comments are closed.