“बाढी र डुबानले गर्‍यो नाश, जैविक तटबन्धनको आश”

महेन्द्रनगर । ‘अब त ढुक्क छौ समस्या छैन, बाढी आयो भनेपनि पिर छैन, जैविक तटबन्ध बनाएका छौ गत असारमा बनाएको हो तटबन्ध, अहिले तिन महिना भयो लगाएको बाँस बिरुवा पनि हुर्किदै छ । भदौको दोस्रो हप्तामा पनि पानी धेरै आयो तटबन्धले पानीलाई वस्तीमा आउन दिएन । आएको बाढीलाई पनि रोकेको छ तटबन्धले’ दोधारा चाँदनी नगरपालिका १० को १८ नम्वर पिल्लर वस्तीका स्थानिय माया सुनारले यसरी आफनो समस्याको समाधानको बखान गर्नुभयो ।


अहिले उक्त वस्तीका स्थानियहरु खुसी देखिन्छन छन् । वस्ती नजिक भएर बग्ने जगबुढा नदीमा अहिले जैविक तटबन्धन गरिएको छ । गत वर्ष कार्तिकमा आएको बेमौसमी वर्षाले स्थानिय जगबुढा नदी र महाकाली नदीमा आएको बाढीले त्यँहाका १ सय परिवारले आफनो ७० विगाह उब्जनी हुने जमिन र घरवार छोडनु परेको थियो ।
अहिले वडा, स्थानिय र सामाजिक संस्थाको पहलमा उक्त बाढी प्रभावित क्षेत्रमा १ सय ५० मिटर लामो जैविक तटबन्धन गरिएको छ । दोधारा चाँदनी नागरपालिका १० मा रहेको १८ नम्वर पिल्लर वस्ती की माया सुनारले उक्त बाढीबाट आफनो घर तथा जमिन पनि गुमाईन आफनो ५ विगाहा जग्गा र घरमा पनि पानी पसेपछि सबै उजाड भयो अहिले कुरा गर्दा पनि उक्त घटना आँखामा आईरहन्छ माया सुनारको “त्यो बेलामा रातीको समयमा पानी सबै वस्तीमा पस्यो सबै परिवार एकले अर्कालाई बचाउन आफनो सामान जनावरहरु,सबै बचाउनमा लाग्यौ सबैको बचेन केही को मात्रै सामान बच्यो सबै लगाएर ७० देखी ८० विगाहा जमिनमा पानी पस्यो जमिन कटान भयो ।” “सबैले भागेर आफनो ज्यान जोगायौ तर अहिले उक्त क्षेत्रमा जैविक तटबन्धन बनाएर अब हुने क्षतीबाट बच्न सकिन्छ भनेर सबैले गएर काम गय्रौ उक्त तटबन्धनमा ठुला ठुला बाँस अनी प्लाष्टिको कट्टामा माटो भरेर मिलाएर राखिएको छ अनि खाली भागमा वृक्षारोपण पनि गरएको छ अब ढुक्क छौ हामी ।”
२०७२ साल र २०७८ मा आएको बाढीले आफनो घरवार र उव्जनी हुने जमिन गुमाएका सोही ठाँउका अर्का स्थानिय हुन दिलबहादुर राना गत वर्षको बढीले उनले आफनो ७ विगाह जमिन र घरवार गुमाउनु पय्रो तर यो वर्षातमा आएको बाढीलाई यो तटबन्धनले रोकेको उनी बताउछन, ७० देखी ८० परिवार विस्तापित भए अहिले ८ परिवार मात्रै बसेका छौ । वर्षात सुरु भएपछि डर लागेको थियो कि कतै फेरी बगाउछ कि भनेर, उनले भने, तर अहिले जैविक तटबन्धन बनाए पछि आफुहरु सुरक्षित भएको उनको भनाई छ ।
“गत वर्षको कार्तिकमा आएको वर्षाले केही राखेन नत धन राख्यो नत खाने अन्न नै राख्यो, सबै बगाएर लग्यो यो वर्षातमा पनि डर लागेको थियो की केही भई हाल्छ कि भनेर, तर अहिले हामी सबैले बनाएको जैविक तटबन्धनले क्षती हुन दिएन आएको पानीले जमिन पनि काटेन बाढी वस्ती मा पसेन बचायो यो वर्ष”
असारको सुरुवातमा बनाउन थालेको यो तटबन्धनले काम गरेको छ । स्थानियहरुको हरेक वर्षको समस्या भनेकै बाढी डुवान रहेको वडाध्यक्ष चन्द्र बहादुर सिंहको भनाई छ । जगबुढा नदी र महाकाली नदीमा आउने बाढीले यो वस्ती लगायत वडा नम्वर ३, ४ र ६ मा पनि समस्या रहेको वडाध्यक्ष चन्द्र बहादुर सिंहको भनाई रहेको छ ।
“ठुला २ नदी यही वस्ती नजिक भएर बगेर जान्छ, हरेक वर्ष डरै डरमा बाच्नु पर्ने समस्या रहेको यो ठाँउमा कम लागतमा, स्थानियको सहयोग र आफनै ठाँउमा रहेको बाँसहरुको प्रयोग, प्लाष्टिकको कटटामा बालुवा हालेर बनाएको जैविक तटबन्धन प्रभावकारी रहेको छ । यो वर्षातमा आएको बाढीलाई बस्तीमा पस्न दिएन यो तटबन्धनले, अब यसलाई प्रभावकारी त भन्नु पय्रो । फेरी बाँस र कटटा हालेको खाली भागमा विरुवाहरु पनि रोपिएको छ पछि त्यँहा ति विरुवा र बाँस पनि पलाउँछ र जमिन लाई समातेर राख्छ बलियो हुन्छ ।
आफु अन्य पालिकामा गएर त्यहा गरिएको जैविक तटबन्धको अनुगमन गरेर आएको र उक्त ठाँउमा पनि राम्रो काम गरेको देखेपछि आफनो क्षेत्रमा पनि जैविक तटबन्ध गरेको बताउनुहुन्छ अध्यक्ष सिंह । बेलौरी नगरपालिका लालझाडी गाँउपालिका लगायतमा आफै गएर हेरेर त्यहाँका स्थानियहरुलाई भेटेर उनिहरुले पनि जैविक तटबन्धले राम्रो काम गरेको बताए पछि आफनो ठाँउमा जैविक तटबन्ध बनाईएको हुँ ।
यस्तै, समस्या रहेको अर्काे पालिका हो वेदकोट नगरपालिका १० त्यँहा रहेको चौधार नदीमा पनि वर्षेनी आउने बाढीले स्थानियहरुको उव्जनी जमिन तथा घरमा बाढी पस्ने समस्या रहेको छ, दलित वस्ती शार्कीपार्की टोलमा यो असारमा आएको वर्षात पछिको बाढीले २५ परिवारलाई सुरक्षित स्थानमा सारिएको र स्थानिय उत्तरे भुलको घर पुरै बाढीले बगाएको वडा अध्यक्ष लालबहादुर ऐरले बताउनु भयो ।
“यही असारको पहिलो हप्ता आएको बाढीले लित वस्ती रहेको शार्कीपार्की टोलमा रहेका २५ परिवारको वस्तीमा बाढी पसेर सबैलाई सुरक्षित स्थानमा सारिएको हो र एक जना स्थानिय हरिश भुलको त घर नै बगाउन लाग्दा शसस्त्र प्रहरी र स्थानियले घरमा भएका सामानहरु बचाँयौ घर लग्यो बाढीले, वडा संग धेरै बजेट पनि नभएकाले दोधारा चाँदनी,लालझाडी गाँउपालिका, बेलौरी नगरपालिकाले बाढीबाट जोगिन कम लागत लाग्ने जैविक तटबन्धन बनाएको मलाई थाहा थियो त्यही भएर त्यही जैविक तटबन्धनको योजना हामीले पनि बनाउने योजना अनुसार १ सय मिटर लामो तटबन्धन शसस्त्र प्रहरी स्थानियको सहयोगमा निर्माण पश्चात पछि आएको बाढीले वस्ती पनि जोगाएको छ । पानी वस्ती जान पाएन । यो विधी सस्तो र स्थानिय स्तरमा पाईने बाँस माटो, बालुवाको प्रयोग गरी बनाईने भएपछि राम्रो र सस्तो अनि टिकाउ पनि रहेको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका, कृष्णपुर नगरपालिका दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकामा रहेका नदीहरुमा पनि जैविक तटबन्धन निर्माण गरिएको नेपाल राष्टिय समाज कल्याण संघको विपद पूर्व तयारी परियोजनाका जिल्ला संयोजक राजकुमार सुनार बताउँछन् ।
“आज भन्दा १३ वर्ष पहिला लालझाडी गाँउपालिकाको ५ र ६ दोदा नदीमा आएको बाढीले ८० विगाह जमिन र ४५ परिवार पूर्ण रुपमा विस्तापित भए । त्यो बेलामा २ सय मिटर लामो बनाएको जैविक तटबन्धनले अहिले सम्म बाढी वस्तीमा छिर्न सकेको छैन ।”र्
अहिले पनि त्यहा गएर हेर्नु भयो भने जैविक तटबन्ध गरेको ठाँउमा ठुलो घना जंगल जस्तै भएको छ । किन भने हामीले लगाएको वाँस पनि उम्रेको छ र लगाएको विरुवा पनि ठुलो भएर नै बाढी आएपनि सबै रोकिन्छ सबै विरुवाले जमिनको माटो लाईसमातेर बसेपछि कटान भएन ।’ संयोजक सुनारले बताउनु भयो ।
जलवायु परिवर्तनका असरहरु पछिल्ला वर्षमा बढदै गईरहेको अवस्थामा त्यस संग जुध्नका लागी सस्तो भरपर्दाे स्थानीय स्रोत र साधनको उपयोग गरेर स्थानियको सिपको प्रयोग गरी जमिन कटान गर्नबाट जोगाउनको लागि र आफनो वस्ती बचाउनको लागी गरिएको प्रबिधी अहिले अन्य पालिकाले पनि सिको गरि रहेको उहाँको भनाई रहेको छ ।
‘यस्मा कस्तो हुन्छ भने बाँसहरु गाँउमा उपलब्ध हुन्छ प्लाष्टिकको कट्टा पनि गाँउमा पाईन्छ र स्थानियको सहयोगले र केही प्राविधिकहरुले बाँस गाडने तरिका दुरी बताए पछि बाँस गाडेर बिच भागमा प्लाष्टिकको कट्टा भित्र माटो, बालुवा भरेर राखिन्छ’, संयोजक राजकुमार सुनारले बताउनु भयो ।
र खाली भागमा बिरुवा रोपेर यो तटबन्धन निर्माण गरिन्छ पछि गएर बाँस पनि त्यही उम्रिने हुन्छ भने, लगाएको बिरुवा पनि उम्रिने भएर पछि त्यही रुख हुने पाईएको छ । र साथै उक्त क्षेत्रमा खाली जमिनमा गरिने वृक्षारोपणले पनि जमिनलाई बाढीबाट जोगाउने भएकाले यो प्रबिधीको बारेमा अन्य पालिकाले पनि सिको गरिरहेका छन् ।
जलवायु परिवर्तनका असरसंग आफुलाई अनुकुलन गर्नको लागी स्थानियहरुले बिभिन्न उपायहरु अबलम्बन गरिरहेका छन् । जलावायु परिवर्तनका असरलाई हामी न्युनिकरण गर्न सकदैनौ । तर उक्त असरसंग आफु अनुकुलित हुनको लागी स्थानिय स्तरमा रहेका स्रोत साधनको प्रयोग गर्न सकिन्छ । र असरसंग जुध्न टेवा पुग्ने । जलवायु विज्ञ गणेश ठगुन्नाले बताउनु भयो ।
“जैविक तटबन्धनमा सबै जैविक तत्वहरु राखेर प्रयोग गरेर बनाइने भएकाले यसलाई जैविक तटबन्धन भनिएको हो, र यस्मा प्रयोग हुने बाँस, माटो, विरुवाहरुले नदी तटिय क्षेत्रको माटो र जमिनलाई समातेर अथवा जमिनलाई बलियो बनाउने काम गर्ने र पानीको बहावलाई माथी वस्तीतर्फ आउनबाट रोक्ने प्रविधी हो ।”जलवायु विज्ञ ठगुन्नाले जिकिर गर्नु भयो ।
यस्मा कस्तो पनि पाईएको छ भने,पछि गएर त्यँहा प्रयोग गरिएका बाँस र बिरुवाहरु त्यँही उम्रेर जमिनलाई बलियो बनाउने र पानीको बहावलाई रोक्न सक्ने भएको पनि पाईएको छ त्यही भएर यो प्रविधी अहिले धेरै मात्रामा प्रयोगमा आएको पाइैएको छ ।
स्थानिय सतरमा पाईने वाँस र बिभिन्न सामुदायिक वनले उमारेको बोट बिरुवाहरु ल्याएर जैविक तटबन्धमा प्योग गरिन्छ साथै स्थानिय स्तरमा पाईने वाँसको रकम पनि कम पर्ने र कतिपय स्थानियहरुले सहयोग स्वरुप विना पैसामा पनि सहयोग गर्ने भएकालो सस्तो हुने र कंक्रिट भन्दा धेरै गुणा सस्तो र टिकाउ हुने जलवायू विज्ञ को भनाई रहेको छ । साथै त्यही लगाएको वाँस फेरी ठुलो भएपछि त्यसलाई फेरी स्थानियहरुले बेच्ने आर्थिक लाभ लिने पनि देखिएको छ ।
नदिको तटिय क्षेत्रमा बसोबास गर्ने दलित, विपन्न, सुकुम्वासी गरिब आम सर्वसाधारण तथा स्थानियहरु सबै भन्दा बढी जलवायु परिवर्तनको असर संग जुधिरहेका छन् । ति नदीहरुमा पक्की तटबन्धन हाल्नको लागी स्थानिय सरकारसंग प्रयाप्त बजेट नहुने तथा उनिहरुको समस्याको समाधान नहुने अवस्था भएकाले उनीहरुको लागी र अन्य क्षेत्रमा बाढीबाट भई रहेका कटानी पटानीलाई नियन्त्रण गर्नको लागी यो प्रबिधीलाई सबैलाई सिको गराउनको लागी ।

सम्बन्धित

Comments are closed.