महेन्द्रनगर । बेलौरी छोटी भन्सार कार्यालयमा ताला लागेको ६ महिना भईसक्दा पनि सम्बन्धित निकाय मौन रहेको भन्दै बेलौरीका स्थानिय समाजसेवी, वुद्धिजिवी, शिक्षक, पत्रकारहरुले बुधवार कञ्चनपुर प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याल मार्फत आवश्यक कार्बाही गरी कार्यालय खुला गराई पाउँ भन्दै निवेदन दिएका छन् । १ हजार जनाले गरेको हस्ताक्षर सहितको निवेदन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्री र भन्सार विभाग कार्यालय त्रिपुरेश्वर काठमाण्डौका महानिर्देशकलाई बुझाईएको समाजसेवी, बुद्धिजिवी पूर्व प्रधानाध्यापक स्थानिय बेलौरी नगरपालिका ६ का केशबराज जोशीले जानकारी दिए ।
बेलौरी नगरपालिका वडा नं.–६ बैशाखा स्थित बेलौरी भन्सार कैलाली कंचनपुरको प्रशासनिक केन्द्र बेलौरीमा स्थापना भएको १९१७ साल देखि संचालन रहेको र शताब्दी बढी पुरानो भन्सार रहेको समाजसेवी, बुद्धिजिवी पूर्व प्रधानाध्यापक स्थानिय जोशीले बताए । अहिले उक्त कार्यालयको आफ्नै स्वामित्वको २१,५५५ वर्गमिटर (३ विगाहा ३ धुर ) जग्गा र ३ वटा भवन भएको बेलौरी भन्सारलाई हाल ताला बन्दी गरिएको उनले बताए । राजमार्गको पश्चिम चेकजाँच कक्षमा विगत ६ महिना देखी ताला लागेको छ भने, राजमार्ग पूर्वपट्टीको भवनमा गत १८ महिना देखी कैलाली भन्सार कार्यालयले ताला लगाएर बन्द गरेको उनले बताए ।
राजस्व संकलन गर्ने भन्सार जस्तो मुलढोकामा देशी–विदेशी आम नागरिकहरु, व्यापारीहरु, पर्यटकहरुको आवतजावत वस्तुहरुको निकासी पैठारी जस्तो महत्वपूर्ण संवेदनशील विषय व्यवस्थित गरेर सुशासन, सभ्यता, समृद्धि प्रवर्धन गर्नको सट्टा अन्तर्राष्ट्रिय सिमा क्षेत्रको कार्यालयलाई अस्तव्यस्त हुनदिई चरम लापर्वाही र वेवास्ता गरिएको कार्य कसैको पनि हितमा नहुने समाजसेवी, बुद्धिजिवी पूर्व प्रधानाध्यापक स्थानिय जोशीले बताए । निवेदनमा भनिएको छ, ‘ऐतिहासिक २ तले भवन जिर्णशिर्ण भएर कुरुप अवस्थामा खतरा जन्य बनेको छ’ भवनको भित्तामा उम्रेका पिपल आदिको बोट २५–३० फिट अग्ला रुख बनेका छन् । बेलौरी भन्सार कर्मचारी विहीन, कुरुवा, विहीन, मर्मत सम्भार विहीन, सुरक्षा विहीन, बेवारिसे बनी, अलपत्र परेको छ ।
उपल्लो तहको कार्यालयबाट रेखदेख नियन्त्रण र संचालनमा पुर्ण बेवास्ता, उपेक्षा र चरम लापरवाही गरीएको देखिन्छ ।“राजमार्ग पश्चिमको भवनमा नेपाल सरकार, अर्थमन्त्रालय, भन्सार विभाग, कैलाली भन्सार कार्यालय, बेलौरी छोटी भन्सार बेलौरी, कञ्चनपुर लेखिएको साइनबोर्डले यस भन्सारलाई बेजिल्लाको भन्सार कार्यालय मातहतमा राखेर आफ्नो जिल्लाका सरोकारवाला सबै सरकारी कार्यालयहरु सँग असंलग्न गराएर यहाँका जनप्रतिनिधिहरु, जनप्रतिनिधिमूलक संस्थाहरुलाई नजर अन्दाज गरेको ठहरिन्छ ।
सुदूरपश्चिम प्रदेशको भारतसँग सीमाक्षेत्र स्थित पशुचौपाया निकासी पैठारी हुने सिमानाका भन्सारहरुमा व्यवस्थित कार्य गर्न दार्चुलामा १, गड्डाचौकीमा १, भन्सार रोड बेलौरीमा १, भन्सार रोड धनगढीमा १ गरि जम्मा ४ वटा पशु क्वारेन्टाइन चेकपोष्ट रहेको अनुरोध गर्दै भन्सार रोड बेलौरीमा रहेको पशु क्वारेल्टाइन चेकपोष्टले अाँशिक अद्यापी काम गरिरहेकाले बेलौरी नाका भन्सार हो भन्ने प्रमाणित गरेको निवेदनमा उल्लेख गरिएको छ ।कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाईस्थितीको अवलोकन गरी विषयको मध्ये नजर गर्दै आवस्यक प्रशासनिक कदम चाली यथासिघ्र तालाबन्दी हटाई कार्यालय सुचारु गराउन क्षेत्रवासीहरुलेनिवेदन मार्फत आग्रहगरेका छन् । भन्सार कार्यालय संचालनमा आए त्यस क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि भई आर्थिक, सामाजिक र धार्मिक गतिविधि बढ्ने सम्भावना रहेको छ भन्सार कार्यालयमा कर्मचारीको व्यवस्था गरिए लाखौँको राजस्व सङ्कलन हुने देखिएको सथानियको भनाईरहेको छ ।
छोटी भन्सार कार्यालय पुनःस्थापनासँगै स्तरोन्नति गर्ने उद्देश्यले विसं २०७५ मङ्सिरमा काठमाडौँमा भएको नेपाल–भारत दुवै देशका भन्सार विभागको उच्चस्तरीय प्रतिनिधिमण्डलको दुई दिवसीय भेलाले बेलौरी छोटी भन्सार कार्यालयसहित देशका पाँच वटा सीमा बिन्दुमा रहेका सीमा नाकामा भन्सार कार्यालय स्थापना गर्ने र स्तरोन्नतिका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो । विसं १९१७ देखि २०१९ सम्म कैलाली कञ्चनपुरको मुख्यरुपमा काम गर्दै आएको भन्सार कार्यालय राजनीतिक कारणले बेलौरीबाट जिल्ला सदरमुकाम विस्थापित भएपछि अरु अड्डासँगै बैंकसमेत सरेपछि ओझेलमा पर्दै आएको छ । यस क्षेत्रका बासिन्दाले लामो समयदेखि विभिन्न सङ्घसंस्थाबाट भन्सार नाका स्थापित गर्न आवाज र पहल गरिरहेका छन् । यद्यपि पछिल्लो समयमा भौतिक संरचना र आवश्यक पूर्वाधारहरुको सहज पहुँच भएको बेलौरी भन्सार नाकालाई स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेशकै प्रमुख नाकाका रुपमा स्थापित गर्न नागरिक स्तरबाट पहल समेत भइरहेको छ ।
गएको जेष्ठ ३० गते पनि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत बेलौरी नगरपालिकाले दुवै मन्त्रालयमा ज्ञापन पत्र पठाएको थियो । नगर प्रमुख पोतिलाल चौधरी र उप प्रमुख जोगराम चौधरीले तत्कालिन प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेलाई ज्ञापन पत्र बुझाएका थिए । बुधवार निवेदन बुझाउँदा थारु कल्याणकारिणी सभाका जिल्ला सभापती शानु चौधरी, थारु कल्याणकारिणी सभाका निवर्तमान सभापती मेवाराज चौधरी, आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका पूर्व उपाध्यक्ष दानसिंह राना पत्रकारद्धय दानसिंह डगौरा र हरिश चन्द्र बागको उपश्थिती रहेको थियो ।
Comments are closed.