महेन्द्रनगर । कञ्चनपुर भीमदत्त नगरपालिका १८ सालघारी की ममता वादीलाई बस्नलाई सानो झुपडी छ । जब उनी महिनावारी हुन्छिन तब उनीले आफनो झुपडी भन्दा बाहिरको अर्काे झुपडीमा गएर बस्नु पर्ने हुन्छ । किन भने सदियौँदेखी हाम्रो समाजमा रहेको कुरुती कुसंस्कार छाउपडी प्रथा कायमै रहेको छ । अहलिे पनि धेरै नेता कार्यकर्ता उम्मेदवारहरु भोट आग्न आए तर कसैले पनि हाम्रो समाजमा रहेको रुढिवादी परम्परा कुरुती कुसंस्कार विरुद्ध आफनो एजेण्डा नबनाएको उनले बताईन् ।
यसैगरी वेदकोट नगरपालिका २ का रमेश नेपालीले अहीले पनि दलितहरुले जातका आधारमा कोठा भाडामा पाउँदैनन् जातिय विभेद पनि अहिले हाम्रो समाजमा बिद्यमान रहेको बताए । तर यी विषयवस्तुमा रहेर एजेण्डा नबनेको उनले दुखेशो पोखे । मंसिर ४ को निर्वाचन आउन अब ५ दिन मात्रै बाँकी रहेको छ । प्रतिनिधिसभा र प्रदेशसमाको निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न दलहरु निकै जोडतोडका साथ चुनावी मैदानमा होमिएका छन् । नेताहरुले मतदातालाई बिभिन्न आश्वासन दिएर आ– आफ्नो निर्वाचन क्षेत्रमा भोट मागिरहेका छन् ।
उम्मेदारहरुले जसरी पनि चुनाव जित्ने रणनीतिका साथ मतदातालाई फकाइरहेका छन् तर हाम्रने समाजमा रहेको सामाजिक मुद्धाले भने कुनै पनि नेताले आफनो एजेण्डा नबनाएको सामाजिक अभियन्ता तथा समाजसेवी सन्तोष सुनामको भनाई रहेको छ । भौतिक विकासका मुद्धाको तुलनामा यस क्षेत्रमा रहेका महिला हिसांका मुद्धा, छाउपडीका मुद्धा, छुवाछुतका मुद्धा, अपाङ्गता भएकाहरुका मुद्धा, एकल महिलाका मुद्धा ओझेलमा परेको उनले बताए । ‘यी मुद्धामा न त उम्मेदवारहरुले प्राथमिकताका साथ उठाउने गरेका छन भने न त मतदाताले यो माग नेताहरु समक्ष राख्ने गरेका छन्’ उनले भने, ‘अहिले कुनै पनि मुख्य राजनीतिक दलहरूले सामाजिक मुद्दालाई प्राथमिकता दिएका छैनन् ।
ठूलाठूला भौतिक पूर्वाधारको सपनामात्रै बाँडेका छन् । मानिसको जीवनस्तर उकास्ने, समाजमा विभेदको अन्त्य गर्ने, न्याय स्थापना गर्ने र समतामूलक समाज निर्माण गर्ने राजनीतिका गफमात्रै बनेका छन्, तर दलहरूसँग ती एजेन्डा छैनन्’ । सो क्रममा गाउँगाउँमा प्रचारप्रसारका लागि पुगेका नेताहरुले मतदातालाई विकासका सपना पनि बाडिरहेका छन् । सडक, पुल, बिजुली, खानेपानी लगायतका भौतिक संरचना बनाउने योजना नेताहरुले मतदातालाई सुनाइ रहेका छन् तर उम्मेदवारहरुले मतदातालाई देखाइरहेका यस्तै विकासका योजनाको चर्चा जताततै हुने गरेका छन् ।
यस्तै योजनाले संचार माध्यम, सामाजिक संजालमा पनि पाउने गरेको छ । जुन योजना जनताका आवश्यकताका विषय नै भएपनि चुनावको बेलामा चर्चामा आउनुपर्ने सामाजिक मुद्धा भने अहिलेको चुनावमा पनि ओझेलमा परेका उनले बताए । सडक विकासको पहिलो खुड्किलो पनि हो । तर सडक निर्माण गर्दैमा मानिसको चेतनाको स्तर उकासिन्छ, गरिबी अन्त्य हुन्छ, विभेद अन्त्य हुन्छ भन्ने होइन अर्का स्थानिय भिमबहादुर भण्डारीले बताए । सहर बजारमै पनि जातीय, लैंगिक र अरू खाले असमानता बाँकी छन्, जहाँ अरू भौतिक पूर्वाधार पर्याप्त छ उनले भने, हाम्रो संविधानले समावेशी समानुपातिक निर्वाचन प्रणालीलाई अंगालेको पनि सबै जातजाति र भूगोलका समुदायलाई मूलप्रवाहमा ल्याउन हो ।
महिला सशक्तीकरणका लागि हो । तर, राज्यका निकायहरूमा महिलाहरूलाई प्रतिनिधि गराउने मामलामै दलहरूमा कन्जुस्याइँ देखा परेको स्थानिय महिला भीमदत्त नगरपालिका १८ की महेश्वरी जोशीले बताईन् । दलहरूको शीर्ष नेतृत्वको मानसिकतामै अझै पितृसत्तात्मक सोच बाँकी हुनु दुर्भाग्य रहेको र नेतृत्वले समानताको बाटो पहिल्याउनुपर्छ, त्यसै बाटोमा हिँड्नुपर्छ र अरूलाई पनि हिँडाउनुपर्ने उनले बताईन ।