महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको शारदा संस्कृत विद्यापीठमा शास्त्री (३ वर्षे, एक वर्षपछि ४ वर्षे हुँदै) र एक वर्षे बिएडको अध्यापन हुन्छ । आजभोली दुवै कक्षामा गरि करिव १ सय २० जना विद्यार्थीहरु अध्ययनरत रहेको शारदा विद्यापीठका उपप्राध्यापक आचार्य मोहनप्रसाद चौधरीले वताए ।
यद्यपि महेन्द्रनगरको शारदा विद्यापीठमा दाङ्ग, धरान, गैंडाकोट लगायतका आँगिक क्याम्पसभन्दा विद्यार्थीको संख्या अधिक रहेको भएतापनि काठमाण्डौंमा रहेको बाल्मिकी, देवदहमा रहेका विद्यापीठहरुमा भन्दा निकै न्युन रहेको छ । देशभर संस्कृत विश्वविद्यालय दाङ्गको ११ वटा आँगिक क्याम्पस र ४ वटा दाङ्ग संस्कृत बिश्व विद्यालयवाट सम्वन्धन भएका क्याम्पसहरु पनि छन् । तनहुँ जिल्लामा रहेको देवघाटमा भने गुरुकुलमा आधारित शिक्षा दिईन्छ ।
त्यहाँ रहेको दुईवटा विद्यापीठमा भने भने विद्यार्थीहरुको संख्या अधिक रहेको आचार्य चौधरीले वताए । संस्कृत विद्यापीठमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि ब्राम्हण र क्षेत्री समुदायका विद्यार्थीहरुमा पुरुषलाई ९ सय र महिलालाई १ हजार १ सय तथा थारु, दलित लगायत अन्य आदिवासी समुदायका विद्यार्थीहरुलाई प्रति महिना २ हजार रुपिया छात्रबृत्ति रहेको उपप्राध्यापक मोहनप्रसाद चौधरीले वताए । थारु, दलित लगायतका आदिवासीहरुले अध्ययनका लागि आउने गरेको तर विचैमा छोडेर जाने प्रवृति रहेको छ ।
संस्कृत विद्या आर्जन गरेकाहरुका लागि रोजगारीको राम्रो अवसर रहेको, लोक सेवामा पनि संस्कृतका विद्यार्थीहरुले बढि सफलता पाएको भएपनि विद्यार्थीको आकर्षण किन न्युन छ ? भनने प्रश्नमा आचार्य चौधरीले भने प्रथममा यो विषय प्राचीन भयो भन्ने धारणा छ, दोश्रो कारणमा संस्कृत विषय असजिलो मान्ने हुनाले, तेश्रोमा संस्कृतको शिक्षा लिएकाहरुले यसको प्रयोग कहाँ हुन्छ भन्ने वारेमा ज्ञान नहुनाले, चौथो कारणमा राज्यको तर्फवाट संस्कृतको ज्ञानको वारेमा सर्वसाधारणलाई प्रचार गर्न नसक्नु, समय सापेक्ष अनुसार पाठ्यक्रममा सुधार आउन नसक्नु, पाँचौमा प्राथमिक र माध्यमिक तहमा संस्कृतको अध्यापन नहुनु र संस्कृतको अध्यापन सिधै स्नातक तहदेखि शुरु हुनु लगायतको कारण रहेको शारदा विद्यापीठ महेन्द्रनगरका उपप्राध्यापक मोहन प्रसाद चौधरीले वताए ।
Comments are closed.