सुदूरपश्चिममा करणीका घटना तथा अन्य हिंशामा दलित महिलाहरु बढी जोखिममा

महेन्द्रनगर । सुदूरपश्चिममा सबै भन्दा बढी करणी घटनामा अन्य हिंशामा पिडितको संख्यालाई हेर्ने हो भने, दलित महिलाहरु संख्या उच्च रहेको एक तथ्याङकले देखाएको छ । दलित महिला संघ फेडो कञ्चनपुर शाखाले आयोजना गरेको लैङगिक हिंशा विरुद्धको १६ दिने अभियानको अवसरमा नेपालमा दलित माथी हुने हिंशाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा अहीले पनि सुदूरपश्चिममा हुने गरेका महिला हिंशामा सबै भन्दा बढी दलित महिलाहरु हिंशाको शिकार हुनु परेको संस्थाले तथ्याङक प्रस्तुत गरेको हो ।

फेडो कञ्चनपुरका जिल्ला कार्यक्रम संयोजक नरबहादुर औजीले सुदूरपश्चिमा घटेका जम्मा ३ सय ३३ वटा करणीको घटनामा दलित महिलाहरु ४४ जना पिडित रहेको पाईएको छ भने बाँकी अन्य जातीहरु रहेको उनले बताए । ०७८ को कात्तिकदेखि ०७९ असोज मसान्तसम्म दलित समुदायमाथि जातीय भेदभावमा आधारित हिंसा र यौनजन्य हिंसाका ५४ वटा घटनाहरू भएका छन् । यसमा जातीय भेदभाव र छुवाछुत, अन्तरजातीय प्रेम र विवाहमा आधारित भेदभाव र जबरजस्ती करणीका घटनाको संख्या धेरै रहेको उनले बताए । सूदुरपश्चिम प्रदेशमा ८ वटा घटनाहरू भएका छन् ।

अहिले पनि महिलावादी दृष्टिकोणले हेर्ने हो भने यो दशकमा थुप्रै उपलब्धिहरू हासिल भएका छन् । तर, त्यो उपलब्धिमा समग्र महिलाका मुद्धालाई जसरी सम्बोधन भएको छ, दलित समुदायका महिलाका मुद्धा सम्बोधन हुन नसकेको उनले जिकिर गरे,। दलित महिलाले भोग्दै आएका हिंसा, विभेद र उत्पीडनको अवस्था अत्यन्तै डरलाग्दो रहेको र दलित महिलाहरू गैरदलित महिलाबाटै भेदभाव र हिंसामा परिरहेका छन् । हाल हरेक वडामा एक–एक जना दलित महिलाको प्रतिनिधित्व गराएइको बाहेक दलित महिलाले पाएको अवसर र पहुँच उल्लेख छैन, सामाजिक र आर्थिकरुपमा कमजोर रहेका दलित महिलाको सरकार, संसद् र राज्यका निकायमा मात्रै होइन, राजनीतिक दल र सामाजिक संघसंस्थामा समेत न्यून पहुँच रहेको जिल्ला कार्यक्रम संयोजक औजीले बताए ।

बर्ण व्यवस्थामा आधारित पुरुषप्रधान सत्ता र अर्थ सामाजिक संरचनामा दलित महिला सबैभन्दा पिँधमा छन् । उनीहरूमाथि जातीय, वर्गीय र लैंिगकरुपमा समेत गरी दोहोरो–तेहोरो उत्पीडन छ । त्यसमाथि सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा कमजोर पहुँचले उनीहरूमाथि हुने हिसाका घटनामा पीडकलाई बल पुगेको देखिन्छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगर उपप्रमुख निलम लेखकले अहिले पनि समाजमा विद्यमान रहेको जातिय विभेदले समाजलाई अध्याँरो तर्फ लागिरहेको बताईन् । भीमदत्त नगरपालिकाले दलित महिला, विपन्न महिलाहरको लागि बजेट विनियोजन गरेको र अािर्थक रुपमा माथी उकास्ने खालका योजनाहरुमा पनि काम गरिरहेको उल्लेख गरिन् ।

नगरपालिकाले अहिले गबि, दलित, जेहेन्दार विधार्थीहरुको लागि छात्रवृत्ति दिने भनेर १० लाख रुपैँया बजेट विनियोजन गरिसकेको अवस्थामा शिक्षित बनाउने उदेस्यले उक्त कार्य गरिएको उनले बताईन् । यस्तै भीमदत्त नगरपालिका ६ वडा अध्यक्ष तथा नगर प्रवक्ता महेन्द्र खडकाले समाजमा विेभदका बिभिन्न अंगहरु अहिले पनि यथावत रहेको परिदृश्यमा हिंशामा अतयधिक रुपमा अहिले पनि दलित महिलाहरु नै पिल्सिएको तथ्याङकले पनि पुष्टि गरेको र आफुहअरुले पनि दैनिक रुपमा महशुस गरेको बताए ।

नेपाल यस्तो देश हो जहाँ एक मानछेले अर्काे मान्छेलाई छुन मान्दैनन्, दिएको खाँदैनन भनेर अन्तरराष्टिय स्तरमा पनि शिर निहुरिने अवस्था आएको बताए । सबै नेता कार्यकर्ता, कार्यपालिका सदस्य वडा अध्यक्षहरुले पनि महिलाहरुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नमा अहम भुमिका रहनुपर्ने र समावेशी तवरले अवसरमा पहुच पुय्राउनमा भुमिका खेल्नेमा आफु विस्वस्त रहेको बताए ।

जुन समुदायको लागि आएको बजेट हो त्यँही समुदायको हातमा पुग्नु पर्नेमा उनको जोड थियो । पछिल्लो समय जातिय विभेृदका मुद्धामा पनि सरकार नै हारेको अवस्था आएको छ सरकारवादी मुद्धामा पनि पिडीतले न्याय नपाएको अवस्थामा पिडकले छुट पाएको अवस्थामा समुदायमा झन यो कुरुती कुसंस्कारले प्रशय पाएको देखिएको उनले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.