(३)जयपृथ्वीको शान्तिको झण्डा–
शान्तिको झण्डा (The Flag of Peace) शीर्षक पुस्तिकामा मानवतावाद संघका संस्थापक अध्यक्ष जयपृथ्वीबहादुर सिंहले विश्व–शान्ति र एकताका लागि आफ्ना मानवतावादी बिचारधाराहरूलार्ई गीत, नृत्य, नाटक, चलचित्रको माध्यमद्वारा प्रचार–प्रसारार्थ प्रकाशित नाटक र गीतहरू प्रस्तुत गरेका छन् । यसमा जयपृथ्वीले प्रस्तावित गरेका ४ वटा एकांकी नाटक र गीतका श्रृंखलाहरूमा कुनै पनि राष्ट्र तथा विश्वकै सर्वाधिक आवश्यक समस्याहरू हुन् । ती आवश्यक समस्या समाधान तथा परिपूर्तिका लागि सबैबाट सौहाद्र्धपूर्ण, समन्वयात्मक, सहमति र सद्प्रयास हुनेछ भन्ने भाव व्यक्त गरिएको पाईन्छ ।
जयपृथ्वीबहादुर सिंह महान दूरद्रष्टा, अग्रगामी र क्रान्तिकारी व्यक्तित्व हुन् भन्ने कुराको ज्वलन्त प्रमाण उनको रचना चार दृश्य भएको एकांकी नाटक ‘शान्तिको झण्डा’ (The Flag of Peace) पनि हो । तर उनीद्वारा निर्देशित क्रान्ति हतियार खोज्दैन, रगत माग्दैन, बिद्रोह पर्याप्त छ तर संयमित । युद्ध र संहार सामाजिक, सांस्कृतिक एवं आर्थिक असमानताका कारण उत्पन्न शोषण, दमन र अत्याचार निवारणका दिगो र स्थायी उपचार होइनन् । बर्गभेदको अन्त्य बर्ग–संघर्ष अथवा बर्ग–सामन्जस्यबाट हुँदैन । यो भेद न युद्धले मेटिन्छ न सम्झौताले । युद्धले कुनै बर्गलार्ई समाप्त पारेर बर्गहीन मानव समुदायको निर्माण गर्नु प्रकृति बिरुद्ध हो ।
मानिस कारखानामा उत्पादित समान रुप, गुण र आकारका बस्तु बन्न सक्तैनन् । मानिसमात्र भौतिक वस्तु हो भन्ने व्याख्या गर्नु दार्शनिक बेइमानी हो । सम्झौताले पनि बर्गभेद मेटिन्छ । सम्झौताले मान्छेलार्ई यथार्थ रुपमा नजिक ल्याउँदैन । त्यहाँ सम्झौतामा संलग्न पक्षहरूको आफ्नो–आफ्नो स्वार्थ अन्तर्निहित हुन्छ । सम्वद्ध कुनै पक्षले आफ्नो स्वार्थ पूरा नहुने देखेमा सम्झौता स्वतः भङ्ग हुन्छ । बर्ग नमेटी बर्गभेद मेटाउने बिशुद्ध मानवीय तत्व छ, जुन राजा जयपृथ्वीले सुझाएका छन् । त्यही विषय–वस्तु उनीद्वारा लिखित नाटक ‘शान्तिको झण्डा’ प्रमुख रुपमा रहेको र त्यो ज्यादै सान्दर्भिक र समय सापेक्ष भएकोले पुस्तकाकार र त्यसको रोचकतालार्ई दृष्टिगत गरी पूरै नाटक पुनःप्रस्तुत नगरी सार–संक्षेपमात्र प्रस्तुत गर्ने यत्न गरिएको छ ।
उक्त एकाङ्की नाटकका चारवटा दृश्य मध्ये (पहिला) दुईटा दृश्यमा धार्मिक असहिष्णुता र पछिल्ला दुईटा दृश्यमा जातिभेदको परिदृश्य प्रस्तुत गरिएको छ । मानिस मूल रुपमा मानिस नै हो अर्थात बुद्धि, विवेक र चेतनायुक्त क्रियाशील प्राणी हो । तर उसमा बुद्धि, विवेक र चेतनाको स्तर भने अपत्यारिलो रुपमा विसम छ । मान्छे मध्येकै केही बढी बौद्धिक क्षमता भएकाहरूले आफ्नो व्यक्तिगत स्वार्थसिद्धिका लागि अथवा आफ्नो बौद्धिक क्षमता प्रदर्शन गर्नका लागि अथवा जीवन र जगतलार्ई हेर्ने फरक दृष्टिकोणका कारण मानव समुदायलार्ई विभिन्न कित्तामा विभाजित गरे–धर्म, जात, जाति, सम्प्रदाय, बर्ण आदि–आदिमा । यिनै बिभिन्न समूह बीच कुनै न कुनै रुपमा पारस्परिक घृणा, द्वेष, अपमान, अवहेलना र शत्रुताको बिजारोपण समेत गरिदिए ।
नाटकका (पहिला) दुईटा दृश्यले के कुरो प्रष्टरुपमा प्रदर्शित गरेका छन् भने राजा जयपृथ्वी पूर्ण आस्तिक हुन् । ईश्वरमाथि उनको अथाह आस्था र बिस्वास छ । तर बिभाजित ईश्वरका पक्षपाती चाहिं उनी होइनन् । भगवान, ईशा, अल्लाह, बुद्ध, मुहम्मद पैगम्वर, महाबीर, गुरु नानक आदि ईश्वर अथवा ईश्वर–दूतलार्ई उनी भिन्न–भिन्नरुपमा हेर्दैनन् । ईश्वर–तत्व सर्वशक्तिमान, सर्वव्यापी, सर्वद्रष्टा चराचर जगतलार्ई नियमित र नियन्त्रित गर्ने अलौकिक शक्तिको पहिचान हो । यसले चराचर जगतका अनन्त प्राणीलाई भिन्न रुपमा हेर्दैन । तिनीहरूको जीवनबृतिको संचालन र व्यवस्थापन मात्र गर्दछ । उ सबै प्राणीमाथि समान रुपमा करुणामय छ, समभाव राख्तछ, चेतनरुपी आत्मास्वरुप प्राणीहरूमा, त्यसमा पनि मूलरुपमा मान्छेमा, आफ्नो बारेमा आपैm निर्णय गर्न केही अधिकार प्रत्यायोजन गरिदिएको छ ईश्वरले । त्यही अधिकारको उपभोग गर्ने क्षमता र विवेकका कारण मानिसहरू परस्पर भिन्न छन् । त्यही बिवेकको सही परिचालन गरेर मान्छेले पारस्परिक भिन्नतालार्ई स्वीकार गरेर आफ्नो बिचार र धारणालार्ई अरुमाथि नलादी अनि भिन्न जीवन–दर्शन अंगाल्नेको अस्तित्व नै समाप्त पार्ने दूराग्रह नराखी फरक जीवन–दर्शन, फरक बिचार, फरक धारणा राख्नेहरूका बीच सह–अस्तित्व र समझदारी कायम गर्दै साझा हितका कुरामा परस्पर मिलेर सँगै काम गरेमा तथा एकअर्काबाट गलत प्रक्रिया अप्नाई अनुचित लाभ लिने प्रवृतिलार्ई निरुत्साहित गरेमा मानव समुदाय कोही–कसैबाट असुरक्षित नरहने, मानव प्रगतिको बाटो तीब्ररुपमा अघि बढ्ने र बिश्वमा स्थायी शान्ति स्थापना हुने कुरामा ढुक्क रहन सकिने प्रष्ट अभिमत राजा जयपृथ्वीको छ ।
यस कुरालार्ई जयपृथ्वीले ‘शान्तिको झण्डा’ शीर्षक नाटकको दृश्य १ र २ मा उद्यृत गरेका छन् । आपूmलार्ई धर्म ज्ञाता र धुरन्धर धार्मिक ठेकेदार ठान्ने धर्म भिरु कट्टरपन्थीहरू धार्मिक विश्वासका आधारमा धर्मको गलत व्याख्या गर्दै सम्बन्धित धर्ममा आस्था राख्ने मान्छेहरूलार्ई गुमराह गरेर उनीहरूलार्ई उत्तेजित पारी भाई–भाईका बीच ईश्वरका नाममा काट्मार, हिंसा, प्रतिशोध, घृणा र नरसंहारको ज्वालामा होम्दछन् । पहिलो र दोस्रो दुबै दृश्यमा यस्ता कट्टरपन्थी बिरुद्ध युवा–पात्रलार्ई उभ्याएर नयाँ पिंढीमा त्यस प्रकारको कट्टरवादको अन्त्य भएर बिभिन्न धर्म र सम्प्रदायका बीच पारस्परिक सहिष्णुता र सह–अस्तित्वको नयाँ युग सिर्जना हुनसक्ने र त्यसबाट बिश्वशान्तिको नयाँ आयाम थपिन सक्ने आशावाद र सुन्दर भविष्यको शुभ–सन्देश दिएका छन् जयपृथ्वीले ।
“वसुदैव कुटुम्वकम्” (सम्पूर्ण विश्व नै एउटा परिवार हो), सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत् (सबै प्राणी सुखपूर्वक रहुन्, कसैलार्ई दुःख–कष्ट नपरोस, सबैको कल्याण होस्, कोही दुःख र विपत्तिको शिकार नबनोस्), मातृवत परदारेसु, परद्रव्यसु लोष्टवत, आत्मवत् सर्वभूतेषु य पश्यति स पण्डित (अर्काकि नारीहरू आमा जस्तै हुन्, अर्काको सम्पत्ति ढुंगा समान हो, सबै प्राणीहरू आफुजस्तै हुन् भनी जसले ठान्दछ उ नै पण्डित हो) भन्ने जस्ता महान आदर्श बोकेको हिन्दुधर्ममा जातिभेद, वर्णभेद, छुवाछुत र त्यसका माध्यमबाट पारस्परिक घृणा, अपमान र शोषण जस्तो घृणित परम्परा र संस्कार पनि कसरी विकसित भयो भन्ने कुरो ठम्याउन कठिन छ । तर यो जातीय भेद्भावको धमिराले हिन्दु समाजलार्ई विभाजित र छिन्नभिन्न पारेको छ । हिन्दुधर्मको महान आदर्शमा कालो धब्वा लगाएको छ ।
सामाजिक कार्य–विभाजनको बैज्ञानिक धरातलमा निर्मित बर्ण व्यवस्था कालान्तरमा छुवाछुत, उँच–नीच र ठूलो–सानोको बर्गीय मापदण्ड बनेर जन्मजात रुपमै मानव समाजलार्ई बिखण्डीकरण गर्ने कसी बन्न पुगेको छ । शारीरिक र सीपमूलक काम गर्ने श्रमिक बर्गलार्ई सम्मानित र प्रोत्साहित गर्नु पर्नेमा झन् तल्लो जातमा झारेर उनीहरूले छोएको पानी समेत नखाने प्रगति बिरोधी परम्पराले समाजमा जरा हाल्यो र अहिले त्यसमा बिकृतिहरू थाहा पाएर पनि उखेल्नै समस्या परेको छ ।
समाजका उत्पादक उद्यमी–बर्ग सबैलार्ई तल्लोस्तरमा बर्गीकृत गरिएको छ । जस्तो छालाका बस्तुहरू– जुत्ता, चप्पल आदि निर्माण गर्ने सार्की, काठका भाँडाहरू बनाउने चनारा, बाँस तथा निङालाका डाला–छाप्राहरू बनाउने पार्की, माटाका भाँडाहरू बनाउने र नाचगान आदि मनोरञ्जन गर्ने बादी, फलामका भाँडा तथा कृषि–औजार बनाउने लुहार–कामी, सुन–चाँदीका गहनाहरू बनाउने सुनार, बन्दुक, खुकुरी आदि(युद्ध) सुरक्षा–सामग्री र मेशिनरी बस्तुहरू बनाउने मिजार, घर–निर्माण गर्ने ओड–मिस्त्री, लुगा सफा गर्ने धोवी, पाइखाना तथा सडक–बस्ती सफागर्ने च्यामे, लुगा सिलाउने तथा विवाह, उत्सव आदि कार्यमा बाजा बजाउने दमाई । यसरी हाम्रो हिन्दु–समुदायका उद्यमीहरू सबै निम्न जातका अवहेलित बर्गमा पर्न गै आजभोलि आफ्नो पेशाको संरक्षण र सम्वद्र्धन गरी देशको राष्ट्रिय उत्पादनमा बृद्धि गरी अर्थतन्त्रलार्ई समृद्ध र बलियो पार्नुको सट्टा पेशा परित्याग गर्न बाध्य भएका छन् । यसप्रकारको अपमान र अवहेलना बिरुद्ध शंखनाद गर्न बाध्य भएका छन् । यस नाटकको तेस्रो दृश्यमा यसै कुरालार्ई इंगित गरिएको छ । दिनभरी कठोर मेहनत गरेर शहर–बस्ती सफागर्ने च्यामे आपूmले गरेको कामका लागि सम्मान, प्रेम र सन्तोषजनक पारिश्रमिक पाउनुको बदला घृणा र तिरस्कारको पात्र बन्दछ । त्यसले समेत नपुगी कुवामा पानी भर्न गएकि उसकी श्रीमतीले आफ्नो पिउने पानी छोई दियो भनेर मल्ला जातिका मान्छेहरूले आफ्नो एउटा मात्र पानी खाने घैंटो फुटाली दिएकोमा पँधेराबाट रुँदै घर फर्किदा उसको आक्रोस र क्रोधको सिमा नाघ्छ । अनि उ आफ्नो बर्गका सहकर्मीहरूलार्ई आन्दोलनका लागि आव्हान गर्दछ ।
चौथो दृश्यमा नाटकको मुख्य पात्र रघु (व्राह्मण) को माध्यमबाट बिना आन्दोलन जातीय भेद्भावनालार्ई अन्त्य गर्न सकिने निकासको सम्भाव्यता जयपृथ्वीले औंल्याएका छन् । रघु आक्रोसले उत्तेजित भएको च्यामेलार्ई प्रेमपूर्वक अँगालो मार्दछ । अहिलेसम्म आफुले गरेका गल्तिहरूका लागि क्षमा–याचना गर्दछ ।
दलित समुदायप्रति दया, माया देखाउँदै उनीहरूको स्वाभिमानमा चोट पु¥याएरहोइन सम्पूर्ण व्यवहारमा समभाव देखाएर तथा परस्पर प्रेम र भेदभावरहित घुलमिल गरेर छुवाछुत र उँच–नीचको विभेदलार्ई मेटाउन सकिने तर्क प्रस्तुत गर्दछ । रघुको साथी पाणी (एक जना दलित) र रघुकि बहिनी लीला बिना जातीय भेद्भाव एक–अर्कालार्ई सौहाद्र्धपूर्ण भ्रातृत्व–प्रेमको उदाहरण दिन्छन् । यसरी घनघोर सामाजिक भेदभाव पैmलिएको राणाकालमा पनि उक्त नाटकमा एउटा दलित र बाहुनकि छोरीका बीच मानवीय भ्रातृत्वको प्रेम सन्दर्भ प्रस्तुत गरेर जयपृथ्वीले त्यही बेला सामाजिक क्रान्तिको ज्वलन्त उदाहरण दिएका छन् । यस अघि नेपालमा छँदा नै जयपृथ्वीले बाल–विवाह, बहु–विवाह, जुवाआदि जस्ता सामाजिक विकृतिहरूलाईनियन्त्रण गरी समाज सुधारका लागि ‘गोरखापत्र’को माध्यमद्वारा गरेका सामाजिक क्रान्तिकारी अभियानले समेत जयपृथ्वीको सामाजिक व्यक्तित्व प्रदर्शित भएको पाइन्छ । तर यसका लागि खुकुरी र बन्दुक, गोला र बारुद बोक्नु पर्दैन । यसले त बर्गीय भेद र पारस्परिक घृणा तथा प्रतिशोधको भावलार्ई झन् तिखार्दछ । एक–अर्काको अस्तित्वलार्ई नै नष्ठ पार्ने भन्दा परस्पर मित्रभाव, सखाभाव सिर्जना गर्ने, ममता, सह–अस्तित्व र सहकार्यको वातावरण विकसित गर्ने, परम्परागत रुपमा गर्दै आएका पेशा र कार्यहरूलार्ई मर्यादित गर्ने, एक–अर्कालार्ई तिरस्कार, घृणा र अपमान गर्ने परिपाटीलार्ई निरुत्साहित गर्ने गतिविधिलार्ई तीव्रता र निरन्तरता दिनु यसको स्थायी समाधानको बाटो हो । यी सबै कुराहरू एकै रातमा हुने होइनन् । त्यसका लागि शिक्षा चाहिन्छ, प्रशिक्षण चाहिन्छ, उपयुक्त बातावरण सिर्जना गर्नुपर्दछ, संयम र सहिष्णुता चाहिन्छ । समय लाग्छ, कति भन्ने कुरा सरकार, संघ–संस्था, स्थानीय निकाय तथा संचार माध्यम र यसप्रकारको सामाजिक भेद–भाव मेटाउन लागि परेका व्यक्तित्वहरूको प्रयासको सघनता र तीव्रतामा भर पर्दछ । यसको क्षेत्र क्रमिक रुपमा साँघुरो पार्दै लिनु पर्दछ । मान्छेका पुरातनपन्थी रुढीवादी जडधारणा, बिचार र व्यवहारमा कानूनले, नियमले, तर्कले र क्रियाकलापले ठेस पु¥याउँदै जानु पर्दछ, ताकि तिनीहरूलार्ई क्रमिक रुपमा लघुताभास हुँदै जावस र मन–मनमा अब बदलिनु पर्छ भन्ने चेतनाको बिजारोपण हुँदै जावस् ।
दलित समुदायले पनि आफ्नो खानपिन, रहन–सहन र व्यवहारकलामा परिमार्जन गर्दै जानु अति आवश्यक छ । व्यक्तिगत सरसफाई, घर–आँगन सफा–सुग्घर राख्ने, शौचालय निर्माण गर्ने, छोरा–छोरीहरूलार्ई विद्यालय पठाउने, परम्परागत रुपमा अप्नाउँदै आएको पेशालार्ई छुवाछुतको निहुँमा परित्याग गर्नुको सट्टा त्यसमा समय–सापेक्ष रुपमा सुधार र परिमार्जन गरेर आफ्नो आय–स्रोत बढाउने, तत्काल आन्दोलित र उत्तेजित हुनुको सट्टा संयम र धैर्य धारण गर्ने जस्ता क्रियाकलापमा तीव्रता ल्याएमा यो सामाजिक विभेद पन्छाउन धेरै समय कुर्नुपर्ने छैन ।
जयपृथ्वीले यसका लागि मानवतावादी क्लवको स्थापना गरी समाजका विभिन्न समुदाय वर्ग, धर्म, लिंग र जात–जातिका मान्छेहरूले सँगै बस्ने, सँगै खाने, सँगै खेल्ने, सँगै नाच्ने र गाउने जस्ता सहकार्यमा जोड दिएका छन् । यसबाट पारस्परिक मित्रता र प्रेमभाव विकसित हुँदै जान्छ । घृणा, बैमनष्यता, प्रतिशोध र टाढापन स्वतः लोप हुँदै जान्छन् । समाज सजिलैसँग स्वस्फुर्त रुपमा परिवर्तित हुन्छ । कायापलट हुन्छ । न छुवाछुत, न सामाजिक भेद्भाव, न घृणा, न द्वेष, न बैरभाव, परिणाम हुन्छ दिगो शान्ति । यही हो सामाजिक क्रान्तिको यथार्थ र दिगो स्वरुप । क्रान्ति काटमार र हत्या–हिंसा होईन । यो निरन्तर रुपमा चलिरहने मानवीय चेतना र व्यवहारमा आउने तथा ल्याइने सकारात्मक र श्रृजनशील परिवर्तनको श्रृंखला हो । बिध्वंसबाट निर्माणतिर, असभ्यताबाट सभ्यतातिर, अज्ञानबाट ज्ञानतिर, संकुचितताबाट उदारतातिर, संकीर्णताबाट सौहाद्र्धतातिर, कट्टरताबाट सहिष्णुतातिर, निरन्तर रुपमा अघि बढ्ने राजमार्ग हो क्रान्ति । यही हो राजा जयपृथ्वीको सम्पूर्ण बिश्यका विविध प्रकारका मानव जातिले एउटै शान्तिको झण्डा मुनि अटाउने र सबैका अधिकारहरूलार्ई बिचार र विश्वासहरूलार्ई संरक्षित र सुरक्षित राख्दै परस्पर भाइचारा कायम गरी प्रेम र सद्भावनाका साथ सँगै बस्ने, सँगै जिउने र सँगै प्रगति गर्ने शान्त, सुशीतल र सुरक्षित विश्व मानव समाजको परिकल्पना ।
‘शान्तिको झण्डा’(The Flag of Peace) नामक अंग्रेजी भाषामा लेखिएको उक्त नाटकमा उल्लेखित दुईटा शान्ति–गीतहरू सान्दर्भिक एवं बिशेष सारगर्भित भएकाले तिनको भाषानुवाद निम्न अनुसार प्रस्तुत गरिएको छ–
ए राष्ट्रहरू हो हेर ! (Behold ye Nations)
हेरन हेर विश्वका राष्ट्र शान्तिको झण्डा यो,
क्षितिज माथि फरर गरी फहराई रहेको ।
सन्देश दिन्छ सबैलार्ई यसले एकत्रित भएर,
धर्म र जात, पेशा र धनको भेदभाव फ्याँकेर ।।
माया र प्रेमले सद्भावपूर्ण हातहरू मिलार्ई,
बसौंन सँगै एक सूर्य मुनि किन हो ढिलार्ई ।
शान्तिको झण्डा बोकेर साथै अगाडि बढौं है,
युद्ध र हिंसा, रीस र राग फ्याँकेर बढौं है ।।
युद्ध र गल्तीहरूको रोगले यो बिश्व ग्रस्त छ,
त्यसैले मान्छे मान्छेनै देखि ज्यादै नै त्रस्त छ ।
यो भयरुपी मानसिक रोगले पीडित निधारमा,
त्यो शान्तिरुपी उपचार मुकुट पहिराउ निधारमा ।।
धर्म र जात, राजनीति अनि बर्गको नाममा,
लुछा र चुंडी, गाली र गलौज छ बिना काममा ।
भाई र बैनी मान्छे हौं सबै बिवाद व्यर्थै हो,
रीस र द्वेष फालेर मिली बस्नु पो अर्थ हो ।।
बिश्वलार्ई किन सताउँछौ त्यसै अनाहक लडेर,
शान्तिको गीत गाउँ है सँगै अगाडि बढेर ।
सम्पन्नता र खुशीको सूर्य बिश्वमा उदाओस्,
नयाँ युग आई अशान्तिलार्ई बढारी लैजाओस् ।।
शान्तिको झण्डा फरर पार्दै बिश्वमा घुमाऔं,
घृणा र बैर, रीस–राग फ्याँकी शान्ति द्वीप जलाऔं ।।
Behold ye Nations!
Behold, ye Nations of theworld!
Behold the Flag of Peace unfurled!
Which shall assemble into one
All creeds and races, neath the sun!
O! Brothers of all climes and lands!
In love and goodwill join your hands,
And march beneath the Flag of Peace,
And let all war and violence cease!
The world is sick of wars and wrongs
And for the balm of healing longs,
Upon its anguished forhead let
The crown of soothing peace be set!
Oh; why should man not seek to be
With brother man at amity?
Let earth afflicted be no more
With dismal sights of human gore!
Oh, let the years of strife and loss,
Of hate and want forever pass!
Oh, let a new age down on earth,
Of peace and plenty, song and mirth!
हामीलार्ई खुशी हुन देउ (Let us be Happy)
हामी खुशी र आनन्दित होऔं,
रात–दिन प्रफुल्लित बनौं,
हामीले किन निदाउरो र खिन्न हुने,
किन दुःखी र चिन्तित हुने,
हामी नाचौं, गाऔं, गफ गरौं र ताली बजाऔं
हप ! हप !! हप !!!
हामीले अपरिचितहरूप्रति अमंगल दृष्टि फालेनौं मात्र भने पनि,
भेटेका सबैसित आत्मीय व्यवहार ग¥यौं भने पनि,
कसैले हामीलार्ई हाम्रो खुशीबाट लुट्ने छैन,
कोही हाम्रो शत्रु जुट्ने छैन,
आऔं ! नाचौं, गाऔं, बात मारौं र ताली बजाऔं,
हप ! हप !! हप !!!
Let us be Happy
Let us be happy, let us be gay!
Let us be jolly all night and day!
Why should be gloomy, why should be sad?
Why should be sorry, why shouldn’t be glad ?
Hop, hop, hop we should dance,
Sing and chat and clap our hands.
If we only shrink from jealousy, hate,
Envy and enmity of other sect
Creed and race and class and state,
No one will rob us of our joy,
Hop hop, hop we should dance
Sing and chat and clap our hands.
If we don’t cast a sullen glance
At the foreign sect from our own,
And see like ourselves all that we meet,
No one will rob us of our joy
Hop, hop, hop we should dance
Sing and chat and clap our hands.