भाग ६ जयपृथ्वी मानवतावाद दर्शन

(४)बर्मा–रंगुन(मेमियो) मा जे.पी. इन्स्टिच्युटको स्थापना र उद्देश्य
भ्रातृत्व तथा संघीय भ्रातृत्व–

(Fraternity of Faculties of Federated Fraternity)

मानवताको लागि प्रेम र सेवा सम्बन्धी प्रतिनिधि मण्डलमा सम्मिलित हुन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले गरेको प्रभावशाली आव्हानको प्रत्युत्तरमा रंगुनका ख्यातिप्राप्त सामाजिक कार्यकर्ताहरूले तत्कालै नाम समावेश मात्र नगरी आफ्नो निर्धारित कार्यको समेत योगदान दिन शुरु गरेका छन् । यी निस्वार्थ कार्यकर्ताहरू बिभिन्न संस्थाबाट आउने भएकाले तिनीहरूलार्ई समुचित क्षेत्रमा राख्न एउटा केन्द्रिय संस्थाको आवश्यकता पर्ने कुरा हामीले बुझ्नै पर्दछ ।

निःशुल्क एम्वुलेन्स र चिकित्सा सेवा सम्बन्धी जिम्मेदारी लिएको एउटा विभाग छ । साना बाल–बालिकाहरूको लागि एउटा शिशु पाठशाला छ । त्यो भन्दा बढी उमेरकाहरूको लागि प्राथमिक विद्यालय छ । अनि मानवतावाद सम्बन्धी सिद्धान्तहरूको बोध गराउने एउटा संस्था (मानवतावादी) छ । यी विभागहरू एक अर्काबाट पूर्ण स्वतन्त्र छन् । तर तिनीहरूले निगरानी केन्द्रिय निकायबाट गर्नुछ ।
उलावकाजिता
निर्देशक
जे.पी. इन्स्टिच्यूट रंगुन

Fraternity of Faculties or Federated Fraternity

In answer to the clarion call of Raja Jai Prithvi Bahadur Singh of Bajhang to join the Mission of love and service to humanity, outstanding social workers of Rangoon have already not only enlisted their names, but have also started to contribute their quota work. These selfless workers, we must know, come of different faculties, and as such a central body is needed to put them in their proper sphere.

There is the department which is responsible for the “Free Ambulance and Medical Service. There is the Nursery School for the tiny tots; there is the elementary School for the upper midgets. And there is the organ (Humanist) for inculcating humanistic principles. These Departments are quite independent of each other, but take their guide from the fountain head the Central Body.”

Ulawkazeitta,

Director

J.P. Institute,

Rangoon.

राजा जयपृथ्वीबहादुर सिंहको संरक्षकत्वमा वर्मा (रंगुन) मा ९व्।ए। (J.P. Institute) ‘जयपृथ्वी संस्था’ को स्थापना गरिएको थियो । यसकोसफलताका लागि राजा जयपृथ्वीबहादुर सिंहको आव्हानमा प्रेम र मानवताको सेवामा प्रेरित भएर त्यहाँका बिशिष्ट समाजसेवी एवं कर्मठ कार्यकर्ताहरूले आफ्नो कर्तव्य र श्रमको योगदान दिएका थिए । त्यस संस्था अन्तरगत औषधिको सेवा उपलब्ध गराउन निःशुल्क सैनिक चिकित्सालय र स–साना बालकहरूको निम्ति नर्सरी स्कूलको व्यवस्था एवं ती केटाकेटीहरूको लागि प्रारम्भिक पाठशाला र ‘मानवतावाद’ सम्बन्धी सिद्धान्तहरूबारे उपदेश दिनाका लागि ‘मानतावाद’ मण्डली राखिएको थियो ।
मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह मानव कर्मको पूर्ण प्रेरक थिए । मानव सेवाका लागि विभिन्न ठाउँमा स्थापना गरेका “मानवतावाद संघ” तथा बर्मा–रंगुनमा (J.P.Institute) ज.पृ. संस्थाको नामाकरण गरी स्थापना गरिएको पवित्र संस्थालार्ई सुचारुरुपले सञ्चालन गर्न आफ्नो तन, मन, धन अर्पण गरेका थिए ।
सन् १९३६ नोभेम्वर १५ मा राजा जयपृथ्वीबहादुर सिंहबाट जे.पी. इन्स्टिच्युट–मेमियोमा आयोजित “विश्व–धर्म–भ्रातृत्व” (The World Fellowship of Faith) शाखाको उद्घाटन समारोहमा समारोहका अध्यक्ष उ म्या उ एफ.आर. जी.एस.वार–एट्–ल को प्रकाशित वक्तव्यबाट समेत राजा जयपृथ्वीबहादुर सिंहको महान् व्यक्तित्वको परिचय दिइएको छ ।
उक्त‘Humanist’ पत्रिकामा उल्लेखित प्रवचन ‘Speeches’ मध्ये उद्धरण लिई नेपाली अनुवाद– संयोगवश सन् १९३३ मा संयुक्त राज्य अमेरिकाको सिकागोमा आयोजित बिशाल सभामा पहिलो विश्व भ्रातृत्व संघ स्थापना गरिएको थियो, त्यस अवसरमा विश्वका विभिन्न स्थानबाट बौद्ध, कन्फ्युसियन, हिन्दू, जैन, स्वीस, मोहमद, शिन्तो, शिक्ख, तावो, जोरोष्ट्रियन, क्रिश्चियन समेत सम्पूर्ण विश्व धर्मका प्रतिनिधिहरू र केही संस्थामा विशिष्ठ व्यक्ति (धर्मावलम्बी) हरूले भाग लिए । यसबेला विश्वका धेरै जसो महान् व्यक्तिहरूले विश्व शान्तिका लागि प्रयत्न गरेका थिए । ती श्रेष्ठ पुरुषहरू मध्ये आफ्नो विचारधारा दिएर उक्त वृहद सभाको सफलताका लागि बहुमूल्य समय दिई पूर्ण सहयोग दिने बझाङ्ग नेपालका दार्शनिक राजकुमार जयपृथ्वीबहादुर सिंहलार्ई आज यहाँ आयोजित पुनित संस्थाको उद्घाटनका लागि आमन्त्रण गरेको छु ।

राजा साहेब हामीहरूका लागि अपरिचित नभएर करीब ३ महिना अघि केही दिनका लागि हाम्रा बीचमा आई हामी मेमियोका जनताहरूद्वारा उहाँको सम्मानमा स्वागत गरिएको थियो । त्यसबेला मैले राजा साहेवको व्यक्तित्व र सामाजिक उत्थानमा त्याग–तपस्याबारे जानकारी गराएको थिएँ ।
उहाँको राज्य परित्यागबाट राजा साहेबको परिनिर्वाण र निस्वार्थताले युद्ध, धार्मिक क्रुरता, अन्धविश्वास, सम्पन्नता बीचको दरिद्रता, कट्टरराष्ट्रवाद, अज्ञानता, घृणा, डर आदि जस्ता मानव जातिका वर्तमान समस्याहरूको समाधानका लागि अध्यात्मिक प्रकाश पार्नेछन् ।

राजा साहेबको भनाई यस प्रकार थियो– मैले विश्व धर्म सम्मेलन तथा पारस्परिक राम्रो समझदारीका अवसरहरूको सिर्जना गरेर बृहद रुपमा मानवताको बढ्दो सुविधा र सुख प्राप्तिका लागि मेरा व्यक्तिगत प्रयत्नहरूको लक्ष्य र उद्देश्यको वर्णय गर्ने प्रयास गरें । मैले अहिले यस सम्बन्धमा बढी ब्याख्या गर्नु परोइन, किनकि मैले के कुरा ख्याल गरेको छु भने मेमियो केन्द्रको पत्र शीर्षकमा हालिएको “अन्ध विश्वासका जराहरूलार्ई हटाउने, समझदारीका पुलहरूको निर्माण गर्ने र सबै जाति धर्म, जातीयता (राष्ट्रियता), संस्कृति, वर्ण अवस्था र विश्वासी मानिसहरूका बीच पारस्परिक प्रशंसाको माध्यमबाट शान्ति एवं भ्रातृत्व जगाउने” तपाईहरूको विश्व धर्म सम्मेलनको मुख्य उद्देश्य बुझिसक्नु भएको छ । यी आदर्शहरू निसन्देह प्रशंसनीय छन्, र मैले पनि यिनै आदर्शहरूको प्रचार–प्रसार गर्ने प्रयत्न गरेको छु, तापनि म यो कुरा अस्वीकार गर्न सत्तैmन कि विश्व मनस्थितिमा यी आदर्शहरू कार्यगत पाइएका छैनन् । अझ विश्वका मानिसहरूको समूहका बीच, एक अर्काका विचार र कार्यहरूको प्रशंसा गर्न उद्यत छैनन् । यी समूह मध्ये पनि धार्मिक समूहलार्ई हात लिनु सबभन्दा कठिन छ । तिनीहरू अरुको विचार सहन गर्न र त्यसको प्रशंसा गर्न सबभन्दा कम उद्यत (तयार) छन् ।

विश्व धर्म सम्मेलन र शिकागो भ्रमण (१९३३) अघि शुरु गरेको मेरो मानवतावादी क्लबका उद्देश्यहरू एक समान थिए ।मैले सोचें विश्व–धर्म–संघ महत्व र प्रभावको अन्तर्राष्ट्रिय संस्था थियो, जसका सदस्यहरू विश्वका विभिन्न भागबाट आएका सांस्कृतिक व्यक्तिहरू, कैयन महत्वपूर्ण धार्मिक नेताहरूका साथै विश्वका अधिकांश शिक्षण संस्थाहरू समेत थिए । विश्व धर्म सम्मेलनले तिनीहरूको मद्दतबाट भोलिका युवाहरूको मस्तिष्कलार्ई कुनै निश्चित रुप दिन र तिखार्न सक्थ्यो ।शिक्षाको माध्यमबाट युवा पिढीको मनोवृत्ति परिवर्तन गर्ने आवश्यकता माथि मेरो अभैm पनि दृढविश्वास छ । यसकारण अविसिनियाबाट फर्केर आएपछि लन्दनमा गत जुलार्ई महिनामा भएको विश्व–धर्म–संघको विश्व सम्मेलनलार्ई निम्न सन्देश पठाए–
संक्षेपमा मैले प्राप्त गरेको अनुभव र मैले निकालेको निष्कर्ष के छ भने न त सम्पूर्ण मानवताको शान्तिपूर्ण जीवन, सुविधा र सुखका लागि हामीले गरेको प्रयत्नप्रति सबै आस्था अथवा धर्मका नेताहरू सहयोग गर्नेछन् न त समय समयमा यस्तो नयाँ विश्व व्यवस्था नै स्थापना गर्न सकिनेछ, जबकि विश्वका सम्पूर्ण मुलुकहरू परिस्थितिले गर्दा यस्तो नयाँ विश्व व्यवस्थाको आवश्यकतालार्ई मान्यता दिन बाध्य छन् । यो उद्देश्य परिपूर्तिको लागि आवश्यक परेको कुरा एउटा निश्चित सक्षम
संस्था अथवा संघद्वारा विश्वका हरेक मुलुकहरूमा विश्वव्यापी शिक्षा उपलब्ध गराउनु हो, जुन नयाँ पिंढी वा युवाहरूको मनमा सुविधायुक्त र सुखी जीवनयापन गर्ने पद्धतिको विजारोपण गर्न दृढनिश्चित छ ।यो पद्धति निसन्देह जात, रंग तथा राष्ट्रियतामा निरपेक्ष रही मानव समुदायका
सम्पूर्ण सदस्यहरूले परस्परमा शान्ति, एकता र सहयोग कायम राख्नुमा निर्भर छ ।
यदि शिक्षाको परिणाम स्वरुप मानिसहरूले आफ्नो विरुद्ध र आफ्ना आमा, बाबुका विरुद्ध नै क्रान्ति गरे भने हामी यस्ता वर्गीकृत शिक्षण संस्थाहरू एवं शिक्षा प्राप्त गर्नेहरूका साथै अरुहरूको विचार तथा कार्यको प्रशंसा गर्ने र सहिष्णुता देखाउने कुराको आशा कसरी राख्न सक्छौं, जुनकुरो विश्व शान्तिको प्रवद्र्धनका लागि अत्यावश्यक छ ।यस सम्बन्धमा म निश्चित रुपमा भन्न सक्छु कि सम्पूर्ण पूर्वेली मुलुकहरूमा जापान एउटा अपवाद छ । उसले आफ्नो देशको उन्नतिका लागि आवश्यक परेको ठाउँमा पश्चिमेली पद्धतिहरू अँगालेको छ । उसले आफ्ना जनतालार्ई अनिवार्य विश्वव्यापी शिक्षा दिन्छ र सबैलार्ई योग्यताको आधारमा अवसर प्रदान गर्दछ ।अमेरिकालीहरूले अनुशरण गरेको जातीय अन्धविश्वास, जर्मनेलीहरूले गरेको यहुदीहरू माथि उत्पीडन, अविसिनिया माथि इटलीले गरेको नचाहिंदो आक्रमण तथा आम धार्मिक नेताहरूले देखाएको धार्मिक क्रुरता र अन्धविश्वास हेर्दा मेरो विचारमा विश्व–शान्ति र विश्व–भ्रातृत्वको प्राप्ति असाध्य नै कठिन कार्य छ ।
मेमियो विश्व धर्म सम्मेलनको उद्घाटनमा म तपाईहरूलार्ई के सल्लाह दिन चाहन्छु भने विश्व–शान्ति स्थापना प्रयासद्वारा हावामा किल्ला खडा गर्ने जस्तो कार्यमा व्यस्त रहनुभन्दा केटाकेटीहरूको शिक्षामा आपूmलार्ई केन्द्रित गर्नुस्, जसबाट आजका किशोर युवाहरूलार्ई हानिकारक, अन्धविश्वासी र पूर्वाग्रही बानीहरूबाट आपूm वरिपरिका मानिसहरूको दुःख विमोचनका लागि पनि केही गर्ने सिफारिस गर्दछु ।

World Fellowhip at Maymyo

            Excerpts from the opening speech of U Mya U.F.R.G.S, Bar-at-Law, Chairman of the Reception Committee at the inauguration of a branch of the world Fellowship of faiths at Maymyo by colonel Raja Jai Prithvi Bahadur Singh of Bajhang (Nepal) of Sunday the 15th November 1936.

            “World Fellowship of Faiths was first held in Chicago in 1933 and was probably the greatest conference ever held in the United State of America Representatives from Buddhist, Confucian, Hindu, Jain, Jewish, Mohamedan, Shinto, Shikhs, Tao, Zorostrian, Christian and many less known religions found a place there, each hoping to help the world through its contributions. Blessings from the all the greatest men of the world were showered upon this attempt so establish universal peace. One of the outstanding personages of this Parliament of Religions, who contributed his inspiration throughout the entire conference, was Colonel Raja Jai Prithvi Bahadur Singh of Bajhang, the Philosopher prince of Nepal, who I am proud to say is inaugurate the branch of such an august organization here today. The Raja Sahib is not a stranger to us. Exactly three months ago he was in our midst for a short while, and at a welcome address presented to him then by us, the citizens of Maymyo, over which I had the honour of presiding- I then dilated on the life history and the achievements in the socio-religious sphere of the Raja Sahib.

            He had “Some far off vision and glowed with the burnings passion of love unspeakable, the ardor of a hope bundless insatiate. “Like Siddharth, after a reign of 27 years he renounced his throne in favour of his younger brother in order to be free to spread the message of peace, harmony and goodwill, brotherhood and fellow-feeling among different races and faiths of the world. I am sure the Raja Sahib’s renunciation and selflessness will throw the light on the spiritual solutions for mankind’s present problems-such as war, persecutions, prejudice, poverty-amidst plenty, antagonistic nationalism, ignorance, hatred, fear etc.”

The Raja Sahib Spoke as Follows

            “I then endeavored to describe the aims and object of the world fellowship of faiths and also my personal efforts to bring about increased comfort and happiness to humanity at large through creating opportunities for their mutual better understanding. I need not enter in such details here as I noticed that you have already known the chief object of the world fellowship of faiths as printed in the letter head of the Maymyo center, that is, Building bridge of understanding across the chasms of prejudice, and realizing peace and brotherhood through mutual appreciation between people of all races, religions, nationalities, cultures, classes, conditions and convictions.” These ideals are no doubt laudable and I have also endeavoured to do my best for the propagation of these ideals, though I can not help confessing now that these ideals are found unworkable in the present state of worl’d mentality. The people of the world today are not prone to appreciate the thought and works of others. And of all the groups the religious group is the most difficult to tackle and the least prone to appreciation and toleration. The object of the world fellowship of faiths and those of my humanistic club which I had started before my visit to Chicago (1933) were identical.

            The World Fellowship of Faiths was I thought an international co-operative body of importance and influence having as its members, besides persons of culture, several religious leaders of merit, from different parts of the world; and as most of the educational institutions of the world are under the influence of religious leaders, the world fellowship of faiths could, with their aid shape and sharpen the brains of the youth of tomorrow.The necessity of changing the mentality of the young generation through education however still remains my confirmed belief. Hence on my return from Abysinia, I sent the following message to the World Conference of the World Fellowship of Faiths which was held in London last July:-

            “In short the result of the experience I have gained and the conclusion I have come to is that neither the leaders of all faiths or religions would ever co-operate with us in our attempt to establish a new world order for peaceful life, comfort and happiness of the whole humanity, nor such a new world order can be established till that time, when all the countries of the world are forced by circumstances to recognize the necessity of such a new world order. The needful thing for the purpose is to give universal education in every country simultaneously through one particular competent body or association bent upon inculcating in the minds of the youngsters the best way of living a comfortable and happy life. This way no doubt lies in the maintenance of peace, uity and co-operative attitude by all the members of humanity irrespective of caste, creed, colour or nationality amongst each other.

            If as the result of education people are made to revolt against the religion of their parents, hence against their parents themselves, how can we expect appreciation and toleration of others thoughts and deeds, which is necessary for the promotion of world peace, from the people educated in sectarian institutions.Inthis connection I may say with certainty that of all the oriental countries Japan is an exception. She has adopted western systems, wherever she found necessary for the progress of the country. She gives compulsory universal education to her people and throws opportunities to all according to the merits of each.Looking to race prejudice as practiced by the American people, persecution of the Jews by Germany, the unwarted war of aggression by Italy in Abyssinia, and the adamantine bigotry and prejudice shown by the religious leaders in general, the realization of world peace and human brotherhood is in my opinion an extremely difficult task.

            In inaugurating the Maymyo Center of the world fellowship of faiths therefore I would like to suggest not to indulge in building castles in the air by attempting to promote world peace, but to concentrate your attention henceforth on the education of children, with a view to prevent young minds from falling into harmful, superstitious and prejudicial habits. I should also recommend you to do something to alleviate human suffering round about you.

सम्बन्धित

Comments are closed.