महेन्द्रनगर । दलित महिला संघ फेडो कञ्चनपुरले आफनो वार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । समग्र विकासको अवरोध जातिय तथा लैङिगक विभेद नेपालमा दलित महिलाको मानवअधिकार प्रवद्र्धन परियोजना अन्र्तगत गरिएको कार्यक्रममा सभाध्यक्ष फेडोका जिल्ला अध्यक्ष लक्ष्मी विक रहेकी थिईन भने, प्रमुख अतिथीमा भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशी रहेकी थिईन् ।
संस्थाले आफुले गरेको वार्षिक कार्यक्रमको बारेमा जानकारी प्रदान गरेको थियो । कञ्चनपुरमा अहिले बेलडाँडी गाँउपालिका र भीमदत्त नगरपालिकामा दलित महिलाहरुका लागि बिभिन्न सिप मुलक कार्यक्रम रोजगार मुलक कार्यक्रमहरु प्रदान गरेको फेडोका जिल्ला संयोजक नरबहादुर औजीले जानकारी दिए । फेडोले बिभिन्न चरणमा तालिमहरु संचालन गरी महिलाहरुलाई कानुन सम्बन्धी जानकारी, उनिहरुको नेतृत्व विकास क्षमता विकास लगायतका तालिमरु प्रदान गरेको उनले बताए ।
नेपालको न्याय प्रणाली र कानुनी ढाँचा सम्बन्धी सिमान्तकृत समुदाय लक्षित सामाजिक न्याय प्रवद्र्धनका लागी अनौपचारिक न्यायिक अभियन्ताहरुको क्षमता अभिवृद्धी तालिम, व्यवसायिक उत्प्रेरणा र विकासका लागी उद्यमशिलता विकास तालिम, सरोकारवालाहरुको भुमिका विषयक जिल्ला स्तरिय सम्वाद कार्यक्रम, महिला दिवस, रंग भेद तथा जातिय छुवाछुत विरुद्धका अभियान, अगुवा दलित महिला अभियन्ताहरुलाई मनोसामाजिक परामर्श तालिम, दलित महिलाका सवाल तथा जनप्रतिनिधीको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रम लगायतका बिभिन्न कार्यक्रमहरु गरिएको उनले बताए ।
उज्यालो दलित महिला समुह पिपरिया की शारदा विकले फेडो संस्थाले संचालन गरेको कार्यक्रमबाट सिप, जानकारी सहित अन्य बिभिन्न ज्ञानहरु धेरै कुरा सिकेर समुह संचालन गरिरहेको र आफुहरुले बचत गरेको रकमले उद्यम गरीरहेको उनले बताईन । भीमदत्त नगरपालिकामा रहेका ५ वटा दलित महिला समुहलाई बिउपूँजीकोरुपमा नगद २० हजार पनि वितरण गरिएको दलित महिला संघ जिल्ला कार्यक्रम संयोजक नरबहादुर औजीले जानकारी दिए ।
जिल्लामा रहेका सबै समुहलाई उनिहरुले आत्म निर्भर बन्नका लागि जिल्लामा रहेका २० वटा समुहलाई २० हजारका दर रकम प्रदान गरेको बताए । जातिय र लैँगिकरुपमा हुने बिभेदका बिरुद्ध दलित अधिकारको रक्षा र न्याय तथा समतामुलक नेपाली समाज को स्थापनार्थ लागि परेको अवस्थामा संस्थाले देशका ७७ वटा जिल्लामा पुग्ने लक्ष्यका साथ हाल सम्म ५६ जिल्लामा जिल्ला शाखा गठन भैसकेको छ उनले बताए ।
न्याय तथा समतामुलक समाज जहाँ दलित महिलाहरुले अधिकारको उपभोग र जीवन, समता, बिकास र सहभागिताको अवसर प्राप्त गर्न सक्ने बनाउने लक्ष्य रहेको बताए । दलित महिलाको मानव अधिकार सवलीकरण कार्यक्रम” संचालन गर्न गईरहेको छ । यस कार्यक्रम अन्तरगत संघले स्थानिय सरकार संगको सहकार्यमा दलित महिलाहरुलाई कानुनी सचेतना, न्याँयमा पहुच, जातीय विभेद र लैगिंक हिंसा अन्त्य, आर्थिक सवलीकरण जस्ता सामाजिक र आर्थिकमा सहयोग गर्ने छ ।
जस अन्तर्गत २० वटा बचत समुह, ५ वटा सामुहिक सक्रिय समूह र जिल्लास्तरीय अगुवा दलित महिला अभियान्ताहरुको संजाल गठन भइ परियोजनाका गतिविधिहरु संचालन गरिएका छन् । परियोजना सन २०२१ जनवरी देखि अप्रिल २०२३ सम्म संचालन भएका थिए ।