वडा अध्यक्ष देवकोटा कुटपिट: भीमदत्त नगरपालिकाले ५१ हजार आर्थिक सहयोग गर्ने

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाअध्यक्ष रविन्द्र देबकोटाको उपचारका लागि भीमदत्त नगरपालिकाले ५१ हजार आर्थिक सहयोग गर्ने भएको छ । कुटपिटबाट गम्भिर घाइते भएर उपचारत वडाध्यक्ष एवम् कार्यपालिका सदस्य देवकोटालाई बुधवार ५१ हजार आर्थिक सहयोग गर्ने नगरप्रवक्ता महेन्द्र खड्काले बताए ।

उनले कार्यपालिका बैठकबाट निर्णय गरिएको जानकारी दिएका छन् । साउन २७ गते नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औं जिल्ला अधिवेशनका क्रममा देबकोटामाथि आफ्नै पार्टी नेकपा एमाले कार्यालयमैं सांघातिक आक्रमण भएको थियो । राष्ट्रिय युवा संघको निर्वाचन कमिटीमा समेत रहेका देवकोटाको अहिले काठमाडौंमा उपचार चलिरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.