वेदकोट नगरपालिकाद्धारा बजार अनुगमन

महेन्द्रनगर । वेदकोट नगरपालिकाले आफना स्थानिय बजारमा अनुगमन गरेको छ । पालिकाको वडा नम्वर १ र ३ मा रहेका बजारमा अनुगमन गरिएको हो । आईतवार वेदकोट नगरपालिकाको वडा नम्वर १ को चम्पापुर र वडा नम्वर ३ को दैजी बजारमा अनुगमन गरिएको वेदकोट नगरपालिकाका अधिकृत एवम अनुगमन संयोजक पदम ठकुराठीले जानकारी दिएका छन् ।

पालिकाको नियमित अनुगन कार्ययोजना बनाएर नै अहिले बजारमा अनुगमन गरिएको उनले बताए । ५ वटा किराना पसल, ३ वटा होटेल, १ मेडिकलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा पेय पदार्थहरुको म्याद गुज्रेको, मसला, पाउरोटी, विस्कुट, तेल, कस्मेटिक आईटमहरु लगायतका सामग्रीहरु बरामद गरी नष्ट गरिएको छ । बजार अनुगमन टोलीका संयोजक पालिकाका अधिकृत पदम बहादुर ठकुराठीको नेतृत्वमा बजार अनुगमन गरिएको थियो ।

अनुगमन गर्दा व्यवसायहरु दर्ता भए नभएको , म्याद गुज्रेको सामग्री, मुल्य सुची कर तिरेको नतीरेको नविकरण भए नभएको सबै अनुगमन गरिएको उनले बताए । साथै होटेलहरुमा सरसफाई भए नभएको, गुणस्तरिय व्यवस्थापन तथा मापन भए नभएको अनुगमन गरिएको थियो । वेदकोट नगरपालिकाको नियम अनुसार एकल अधिकार रहेको व्यवसाय करको दायरा बढाउन अभियान नै संचालन गर्ने र कडा भन्दा कडा रुपमा अनुगमन गरिने पालिकाले जनाएको छ ।

उपभोक्ताहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खालका गतिविधी नगरी दिन व्यवसायीहरुलाई उनले आग्रह गरे, साथै बिक्रेताहरुमा कानुनी ज्ञानको अभाव जनचेतनाको अभावले गर्दा बजारमा बिभिन्न खाले सामग्रीहरु बिक्री हुने आफनो पसल दर्ता नगर्ने लगायतका समस्या रहेको छ । उपभोक्ताहरुले पनि सामग्रीहरु खरिद गर्दाको समयमा म्याद गुज्रेको भए खरिद नगर्ने अथवा मिती हेरेर मात्रै कुनै पनि सामग्रीहरु खरिद गर्न उनले आग्रह गरे ।

पछिल्लो समय बजारमा म्याद गुज्रेका सामानहरु छयाप्छयाप्ती पाईने गरेका छन् । जस्को प्रयोगले उपभोक्ताहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने देखिएको छ । पालिकाले नियमित रुपमा महिनाको १ दिन अथवा २ दिनसम्म अथवा आवस्यक परेमा जुनसुकै बेलामा पनि अनुगमन गर्ने पालिकाले जनाएको छ । पालिकाले नियमित रुपमा बजार अनुगमनलाई प्राथमिकताको साथमा कार्य गरिरहेको छ । बजार अनुगमन नियमित भएपछि स्थानियहरुले खुशी व्यक्त गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.