महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले अमेरिकी परियोजना एमसीसी को विरोधमा प्रदर्शन गरेको छ । आईतबार जिल्लाको महेन्द्रनगरमा नेकपाले एमसीसीको खारेजीको माग गर्दै प्रदर्शन गरेको हो । कञ्चनपुर जिल्ला प्रशासन गेटबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गर्दै महेन्द्रनगरको भेटघाट चौतारीमा गएर कोण सभामा परिणत भएको थियो ।
उक्त विरोध कोण सभालाई सम्वोधन गर्दै नेकपाका महाकाली ब्युरो इन्चार्ज समर सी ले अमेरिकाले सहयोगका नाममा एम सी सी मार्फत नेपालमा सैन्य अखडा बनाउन लागेको बताए । उनले भने , “अमेरिकाले एमसीसी परियोजना मार्फत हाम्रो देशमा सैनिक क्याम्प राखेर चीनलाई घेराऊ गर्ने योजना छ ।” नेपालको सर्वोच्च कानुन संविधान भन्दा माथि हुने गरी एम सी सी को कानुन लागू हुने, एम सी सी को लेखा परीक्षण नेपालले नगरेर एमसीसी अन्तर्गत नै हुने , एम सी सी को बौद्धिक सम्पति उसकै हुने , नेपालमा एम सी सी ले कुनै आपराधिक क्रियाकलाप गरेमा त्यसको सजाय उसकै ९ एमसीसी० कानुन अनुसार हुने लगायतका नेपालको राष्ट्रियता , स्वाधिनता र सार्वभौमसत्ताको प्रतिकूल हुने गरी बनेका एमसीसीका प्रावधानका कारण यो ९एमसीसी० परियोजना हाम्रो देश र जनताको हितमा छैन , नेकपा नेता समरले भने ।
राष्ट्रको कानुन र संविधानको विरुद्ध रहेको एमसीसी खारेज हुनपर्नेमा उनले जोड दिए । एमसीसी को खारेजीको लागि नेकपा निरन्तर विगतदेखि आन्दोलनरत रहेको र आगामी दिनमा पनि यसको कार्यान्वयन हुन नदिन निर्णायक भूमिका खेल्ने उनको भनाई छ ।विरोध प्रदर्शन बोल्दै नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी ले पनि एम सी सी लाई राष्ट्रघातीको संज्ञा दिँदै एमसीसी सहयोग नभई अमेरिकाको सैन्य रणनीति रहेको बताए । एमसिसी परियोजना नेपालमा लागू हुन नदिन आफ्नो पार्टीले जुन सुकै कदम चाल्नुपर्ने पनि त्यसको लागि तयार हुने उनको भनाइ थियो ।उक्त विरोध कोण सभाको सञ्चालन नेकपा कञ्चनपुर जिल्ला सचिव राम सी ले गरेका थिए भने विरोध प्रदर्शनमा नेकपा
Comments are closed.