एनएनएसडब्लुएद्धारा कृष्णपुरमा बालकोष संचालन कार्यविधि सम्बन्धी छलफल सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्तरीय बाल संजाल कोष सम्बन्धी बनेको कार्यविधिमा छलफल गरिएको छ । सोमबार नगरपालिकाको सभाहलमा सम्पन्न छलफलमा नगरभरीका बालबालिकाका लागि आपतकालीन अवस्थामा कसरी उद्धार गर्न सकिन्छ र आवश्यक सहयोग गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।

वर्ल्ड भिजन नेपालको आर्थिक सहयोग र एनएनएसडब्लुको साझेदारीमा संचालित बाल स्पोन्सर्स कार्यक्रम अन्तगर्त कृष्णपुर नगरपालिका स्तरीय बालकोष संचालन सम्बन्धी कार्यविधिमा छलफल भएको एनएनएसडब्लुका कार्यक्रम संयोजक रामेश्वर जैरुले बताए । हाल वर्ल्ड भिजन नेपालको आर्थिक सहयोग र एनएनएसडब्लुको साझेदारीमा कृष्णपुर नगरपालिकाको शिक्षा र बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालनमा रहेका छन् । कार्यक्रममा वडा न।५ का अध्यक्ष टेक पाण्डेयले बालबालिका भविष्यका कर्णधार भएकाले बालबालिकाको हक हितका लागि नगरपालिका लागिपरेको बताए ।

त्यस्तै नगर उपप्रमुख द्रोपती रानाले भोलिको यो समाजको नेतृत्व गर्ने नै आजका बालबालिका भएकाले आफू र सिंगो नगरपालिकाको टिम यस विषयमा संवेदनशील रहेको बताइन् । उनले आफुले कार्यपालिकामा बालकोष सम्बन्धि कुरा राख्ने समेत बताइन् । बालकोष संचालन कार्यविधि सम्बन्धि छलफलको अध्यक्षता उपप्रमुख द्रोपती रानाले गरेकी थिइन भने वडा न ३, ५, ७ र ७ क्रमश खेमराज चौधरी, टेक पाण्डेय, बाबुराम चौधरी र घुम्मन रानाको उपस्थिति रहेको थियो ।

नगरपालिका शिक्षा तथा युवा शाखा विष्णु दत्त भट्ट त्यस्तै कार्यपालिका सदस्यहरु, इलाका प्रहरी कार्यालय गुलरिया इन्चार्ज जीवन गुरुङ, एनएनएसडब्लुए अन्तर्गत बाल संरक्षण अधिकृत गणेश भुल, बाल संजालका केन्द्रिय सदस्य, कृष्णपुर बाल संजालका अध्यक्षको पनि उपस्थिति रहेको उक्त छलफल कार्यक्रमको संचालन कृष्णपुर नगरपालिका बालबालिका तथा महिला विकास शाखाकी प्रमुख माला गौतमले गरेकी थिइन ।

सम्बन्धित

Comments are closed.