कञ्चनपुरमा डेङ्गी रोगबाट युवकको मृत्यु

महेन्द्रनगर ।कञ्चनपुरमा डेङ्गी रोगबाट युवकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिकामा डेङ्गी रोगको संक्रमणका कारण एक युवाको ज्यान गएको हो । बेलौरी नगरपालिका वडा नम्बर ८ पचुइ स्थित स्कुल टोलमा बस्ने २८ बर्षीय हिक्मत खत्रीको डेङ्गीबाट संक्रमित भई ज्यान गएको बेलौरी नगरपालिका वडा नम्वर ८का अध्यक्ष विषराम रानाले जानकारी दिएका छन् ।

उनलाई अत्यधिक ज्वरो आएपछि उपचारका लागी धनगढी स्थित नोभा अस्पतालमा लगिएको थियो । खत्रीको उपचारकै क्रममा गएराति अन्दाजी १२ मृत्यु भएको उनले बताए । उनी बेलाबेलामा भारतमा गई रोजगारी गर्दै आएका थिए । उनी एक हप्ता अगाडि मात्रै घर फर्किएका थिए ।

भारतबाटै डेङ्गी संक्रमित भए वा घर फर्किएपछि भन्ने विषयमा खुल्न नसकेको वडा अध्यक्ष रानाले बताए । उक्त क्षेत्रमा तत्काल डेङ्गी रोग नियन्त्रणको लागि लामखुट्टेका फुल नष्ट गर्न स्प्रे गरी सहयोग गरिदिनका लागी आफु बेलौरी स्वास्थ्य शाखालाई जानकारी गराई सकेको वडा अध्यक्ष रानाले बताए ।

सो क्षेत्रका युवाहरू सरसफाइ र जनचेतना अभिवृद्धिमा पनि लागेका छन् । खत्रीका एक श्रीमती र दुई छोरा रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.