कञ्चनपुरका सामुदायिक विद्यालय बन्द, संस्थागत बिद्यालय खुल्ला

महेन्द्रनगर । कञ्चनपुरमा शिक्षक कुटपिट प्रकरणमा आन्दोलित रहेका शिक्षकहरुले मंगलवार पनि जिल्लामा रहेका सबै बिद्यालय बन्द गर्ने निर्णय गरे पनि संस्थागत बिद्यालयहरु संचालनमा आएका छन् । विगत केही दिनदेखी कञ्चनपुरमा शिक्षकहरु आन्दोलनमा होमिएपछि सोमवार भने,जिल्लामा रहेका बिद्यालयहरु बन्द भएका थिए । तर मंगलवार भने सामुदायिक बिद्यालयहरु मात्रै बन्द भएका छन् ।

संस्थागत बिद्यालयहरुले २ दिन पूर्ण रुपमा आफना बिद्यालयहरु बन्द गरेका थिए भने, मंगलवार सामुदायिक बिद्यालय मात्रै बन्द भएका छन् । प्याबसन एन प्यावसनहरुले साथ र समर्थन रहेको जनाउँदै बिद्यालय बन्द गर्न अभिभावकहरुबाट प्रेसर आएर बन्द गर्न नसक्ने भएको नेपाल शिक्षक संघ जिल्ला उपाध्यक्ष नबिन सिंह धामीले जानकारी दिएका छन् । सामुदायिक बिद्यालय सबै पूर्णरुपमा बन्द हुने भएपनि सामुदायिक बिद्यालयले २ दिन दिएको साथ सराहनिय भएको बताउँदै, अबको दिनमा पनि उहाँहरुले साथ र समर्थन दिने र संस्थागत बिद्यालय अभिभावकले चल्ने भएकाले उहाँहरको समस्यालाई मध्ये नजर गर्दै उहाँहरुले आफनो बिद्यालय संचालन गर्ने उनले बताए ।

यता, हिसान कञ्चनपुरका अध्यक्ष एव एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष श्यामसिह मौनीले संस्थागत बिद्यालयहरुबाट ४ देखी ५ जना शिक्षकहरु आन्दोलन, धर्नामा जाने साथ समर्थन दिने बताए । केही मागहरु पनि सम्बोधन भईरहेको अवस्थामा आफुहरुलाई अभिभावकहरुबाट पनि दवाव आईरहेको बेलामा आफुहरुले बिद्यालयलाई संचालन गर्ने निर्णय गरेको उनले बताए । लामो समय बिद्यालय बन्दले बिद्यार्थीहरुमा पनि असर पर्ने भएकाले यो आन्दोलनमा पनि अर्काे विकल्प खोजेर अगाढी बढने अथवा अल्टिमेटम दिएर फेरी बिद्यालय बन्द गर्ने वा केही अरु विकल्प खोज्न सकिने पनि उनले बताए ।

यौनजन्य दुव्र्यवहारको आरोपमा कञ्चनपुर भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र प्रशाद जोशीमाथि कुटपिट प्रकरणलाई लिएर शिक्षक आन्दोलित भएका छन् । विभिन्न शिक्षक टे«ड यूनियन संघ संगठनमा आबद्ध नेपाल शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिले सोमबारदेखि जिल्लाभरीका सम्पूर्ण विद्यालय बन्द गरेर आन्दोलित भएका हुन । प्रहरी घेरामा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट गर्नेमाथि कार्बाही नगरिएको भन्दै सोमबार बिहानैदेखि शिक्षकले बजारमा बिरोध प्रर्दशनका साथै प्रशासनमा धर्ना दिएका थिए ।

जिल्लाभरीबाट सयौँको संख्यामा सदरमुकाम महेन्द्रनगर आएका शिक्षकले विद्यालय बन्द गरेर यूनिफममै आन्दोलन गरिरहेका छन । प्रशासनले वार्ताका लागि लिखित दिन नमानेपछि वार्ता नभएको शिक्षक संघ संगठनले बताएका छन । शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका सह संयोजक गोबिन्द बहादुर ढाँटले प्रहरी प्रशासनबाट वार्ताका लागि वातावरण नबनाएपछि बाध्य भएर मंगलवार पनि आन्दोलनमा उत्रिएको बताए ।

शिक्षक संघ संगठनको नियमित आन्दोलनका कारण लाखौँ विद्यार्थी पठन पाठनबाट बञ्चित भएकाले आन्दोलनको स्वरुप परिर्वतन गर्न अभिभावकले आग्रह गरेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.