महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सडक दुर्घटनालाई न्युनिकरण गर्नका लागी सचेतना मुलक कार्यक्रम गरेको छ । जिल्लामा आएका नयाँ ट्राफिक प्रमुख प्रहरी निरिक्षक नरेश विकले आफनो सक्रियता देखाउँदै सडक दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक नियमहरुको पालना गर्न र आम नागरिकहरुले ट्राफिक नियमको पालना गरुन भनेर सचेतना मुलक कार्यक्रम गरिएको बताए ।
शनिवार महेन्द्रनगर ट्राफिक कार्यालय नजिक मोटरसाईकल, अटोका सवारी चालकहरुलाई रोकेर केही बेर उनले ट्राफिक नियम तथा कसरी सचेत भएर सवारी साधन चलाउने, के के कुरामा ध्यान दिने, ट्राफिक नियमहरु भनेको के हो, विभिन्न ट्राफिक संकेतहरुका बारेमा साथै सडकमा दुर्घटनाहरु किन हुन्छ्न र यस्ता दुर्घटनाको निबारण कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी प्रदान गरेका थिए । उनले दुर्घटना न्यूनिकरण गर्नको निम्ती सवारी धनीदेखि चालक, यात्रु सबै पक्ष सचेत हुनपर्नेमा जोड दिए ।
सबैपक्षको सहयोगले मात्रै दुर्घटना न्यूनिकरण गर्न सकिने ट्राफिक प्रमुख प्रहरी निरिक्षक नरेश विकले बताए । बढ्दो दुर्घटना न्यूनीकरणका लागि यस्ता सचेतना मुलक कार्यक्रमको आयोजना आगामी दिनहरुमा पनि गरिने उनले बताए । उनले कारवाही मात्रै ठुलो कुरा नभएको र पहिलो चरणमा ट्राफिक नियम चालकसंग ट्राफिक नियमको विषयमा जानकारी दिने, ट्राफिक संग सम्बन्धित जनचेतना मुलक सन्देश प्रवाह गर्ने बोर्ड लगाउने जस्मा ट्राफिक चिन्ह भएका बोर्डहरु लगाएर सचेतना गराईने उनले बताए ।
साथै सामुदायिक पशु चौपायहरुले गर्दा पनि सडक दुर्घटना हुने भएकाले सडकमा रहेका सामुदायिक पशु चौपायहरुको कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर स्थानिय निकायसंगको समन्वयमा रहेर काम गरिने ट्राफिक प्रमुख प्रहरी निरिक्षक नरेश विकले बताए ।