मन्त्र अस्पताल लगायतका संस्थाद्धारा सरसफाई कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । शनिवार मन्त्र अस्पताल, महाकाली अस्पताल, वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरबाट जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत स्वास्थ्य कार्यालय र महाकाली अस्पताल सम्म सरसफाई गरिएको थियो ।

पछिल्लो समय देशैभरमा महामारीको रुपमा बढदै गएको डेंगु रोगको संक्रमण फैलदै गएको र आफनो समुदायमा समाजमा सरसफाई गर्नुपर्छ भन्ने जनचेतना फैलाउदै कार्यक्रमको आयोजना गरिएको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरका मेडिकल डाईरेक्टर डाक्टर गोविन्द रोकायले जानकारी दिएका छन् । विगतका दिनमा पनि सरसफाई कार्यक्रम गर्दै आएको मन्त्र अस्पतालले प्रत्येक शनिवार बजारको बिभिन्न क्षेत्रमा सरसफाई गर्ने आगामी योजना पनि रहेको उनले बताए ।

साथै रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय रहेकाले यो सरसmाई कार्यक्रमको आयोजना गरिएको उनले बताए । रोगलाई कम गर्न के गर्न सकिन्छ ? भनेर यो सामाजिक उत्तरदायित्व मुलक कार्यक्रम गरिएको डाक्टर रोकायले बताए । यो अभियानमा सबै स्थानिय तह, स्थानिय वासिन्दा, सरकोकारवाला निकायहरुलार्य हातेमालो गरेरसमन्वय सहकार्य गरेर अगाढी बढन पनि उनले आग्रह गरेका छन् ।

महाकाली अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर अर्जुन भट्टले सबैले आफनो स्वास्थ्य प्रति सचेत हुनुपर्ने र आधा भन्दा बढी रोग सरसफाईको कमीले गर्दा मानवमा हुने भएकाले सबैले आफनो वरपर सरफाई गर्नुपर्ने बताए । साथै सबैको साथ र सहयोग रहयो भने, यसलाई प्रत्येक हप्ताको एकदिन सरसफाई कार्यक्रम गरिने बताए । अहिले पनि महमाकाली प्रादेशिक अस्पतालमा डेंगुबाट प्रभावित बिरामहिरु उपचार गर्न आउने गरेको बताए ।

साथै आफनो घरको वरपर साथै सडकमा पनि सबैले मिलेर सरसफाईमा ध्यान दिनुपर्ने उनले बताए । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक यम बहादुर मल्लले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सरसफाई कार्यक्रमको आयोजना गरी स्वस्थ्य वातावरणमा बाच्ने अधिकारको सुनिश्चितता गरिएको बताए । साथै उनले प्रहरीले विगतका दिनमा पनि बिभिन्न जनचेतना मुलका कार्यक्रम गरिरहेकोर आगामी दिनहरुमा पनि उक्त कार्यलाई निरन्तरता दिने बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.