कञ्चनपुरमा ट्राफिक प्रहरीको १ मिनेट कार्यक्रम प्रभावकारी बन्दै

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय ट्राफिक प्रहरीले आफनो सक्रियता बढाएको छ । ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरमा प्रमुखको रुपमा प्रहरी निरिक्षक नरेश विकको हाजिरी भएपछि बिभिन्न जनचेतना मुलक तथा सचेतना मुलक कार्यक्रमहरु पनि बढदै गएका छन् । अहिले ट्राफिक प्रहरीको टिमले सवारी चालक संग छलफल तथा १ मिनेट भन्ने मुल नारासहित अहिले जिल्लामा बिभिन्न सचेतना मुलक कार्यक्रमहरु गरिरहेको छ ।

यसरी सवारी साधनका चालक यात्रुहरुलाई जनचेतना मुलक कार्य गर्नु राम्रो भएको अटो चालक पदम सुनारले बताए । आफुहरुलाई सचेत हुने मौका मिल्ने, ट्राफिकको विषयमा जानकारी, नियम ऐनको बारेमा जानकारी, पाउनु भनेको आफनै सुरक्षाको लागि जानकारी को लागि भएको उनले बताए । जिल्लाका मेन सडक, राजमार्ग तथा भित्री सडकखण्डमा चल्ने अटो,ई–रिक्सा तथा बस,मिनिबस हरुका चालकहरु संग छलफल र १ मिनेट कार्यक्रम गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक नरेश विकले जानकारी दिए ।

अहिले आफनो टोलीले सिट क्षमता र यात्रु, अब्यवस्थित पार्कीङ, यात्रुहरुलाई जथाभावी चढाउने, झार्ने कार्य नगर्न, सडक अनुशासन र सवारी दुर्घटना न्युनीकरण गर्न चालकको जिम्मेवारी जस्ता बिबिध बिषयहरुमा ब्यवहारीक ज्ञान प्रदान गरिरहेको उनले बताए । बढी समय चालकहरुसंग पनि नहुने भएकाले उहाँहरुको समयलाई ध्यानमा राखेर एक मिनेट भएपनि ट्राफिक सम्बन्धी जानकारी दिने केही समस्या भएमा दुर्घटना भएमा जानकारी दिने गराउने जस्ता छलफललाई विषेश भुमिकामा राखेर काम गरिरहेको उनले बताए ।

जिल्लामा मातहतमा रहेका ट्राफिक प्रहरीहरुलाई प्रत्येक दिन जनचेतना मुलक कार्य गर्न आफुले निर्देशन दिएको पनि उनले बताए । साथै बिद्यार्थीहरुलाई पनि ट्राफिक ऐन नियमहरुको ब्यवहारीक ज्ञान दिलाउन कक्षा सञ्चालन गरि ट्राफिक जनचेतनामुलक कार्यक्रम संचालन पनि गरिरहेको उनले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.