महेन्द्रनगर । कञ्चनपुरको सिमानाकामा भारतिय एसएसबीले विगतदेखी गर्दै आएकोे कडाईलाई कम गर्न र सहज तरिकाले भारतका बिभिन्न शहरमा जाने व्यवस्था मिलाउन आग्रह गरिएको छ । बिहिवार भारतको बनबासामा रहेको शारदा सिचाँई विभागमा आयोजना गरिएको नेपाल भारत व्यापार सम्बन्धको छलफल कार्यक्रममा नेपालबाट भारत जाने नेपालीहरुलाई सिमानाकामा रहेको एसएसबीले बढी कडाई गरेको विषय प्रमुख छलफलमा रहेको थियो ।
नेपाल र भारतको सम्बन्ध भनेको रोटी बेटी भएपनि व्यवहारमा भने उक्त कुरा नरहेको सहभागीहरुले बताएका थिए । कञ्चनपुरबाट प्रतिनिधित्व गरेका उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघ, यातायात व्यवसायी संघ र पत्रकारहरुले अहिले पनि सिमानाकामा नेपालीहरुले भारतिय सुरक्षाकर्मीहरुबाट दुव्र्यव्यवहार खेप्नु पर्ने, चेकजाँचका नाममा हैरानी गर्ने नियमले सास्ती खेप्नु परेको बताए ।
उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्वर जोशीले दुवै देशमा व्यापार व्यवसायलाई सहज रुपमा संचालन गर्नका लागि व्यवहार पनि राम्रो हुनु पर्ने बताए । भारतमा घुमन आउने, सरसामान खरिद गर्न आउने नेपालीहरुलाई सिमा नाकामा बढी दुव्र्यव्यहार गर्ने, चेकजाँचले गर्दा हैरानी खेप्ने भए र डरले कतिपय नेपालीहरु यो सिमानाका भएर आउन नमान्ने बताए । साथै नेपालमा भारतबाटै लागु औषध भित्रिने भएको हुनाले भारतिय सिमानाकामा रहेको सुरक्षा निकायहरुले शंकास्पद व्यक्तीहरलाई चेकजाँच गरी नेपाल पठाउनु पर्ने बताए ।
दुवै देशमा व्यापार व्यवसाय संचालन भयो भने, आम्दानी बढने आर्थिक रुपमा सबलीकरण पनि हुने भएकाले दुवै देशमा आवजावमा सहजता ल्याउनमा अहम भुमिका खेलिदिन उनले क्षेत्राधिकारी अभिनाश वर्मा टनकपुर प्रहरीलाई आग्रह गरे । यस्तै उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जंगबहादुर मल्लले नेपाल र भारत धार्मिक रहनसहनरितिरिवाज र संस्कृतीले पनि एउटै परिवेश मान्यता रहेको भएर पनि आफुलाइृ नेपाल र भारत बिच कुनै फरक नरहेको बताए ।
साथै स्थानिय बजार बनबासा, खटिमा टनकपुरमा जाने नेपालीहरुलाई आवजावमा सहजता बनाएर मैत्रिपूर्ण व्यवहार देखाएर आमदानी बढाउन सकिने बताए । साथै उनले भारतबाट नेपालमा आउने पर्यटकहरुलाई हामीले नेपालीहरुले रामे व्यवहार गय्रौ भने उनिहरुले फेरी आफनो देशमा गएर यताको राम्रो कुरा उता दिनेर फेरी पनि पर्यटकहरु यता आउने जस्ले गर्दा आयआर्जन बढने सम्भावना रहने बताए ।
यस्तै होटल व्यवसाय संघ कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्टले बनबासा पुललाई अहिले को समय भन्दा बढ िसमय खोल्नका लागी आग्रह गरे जस्ले गर्दा भारतबाट आउने नेपाली पर्यटकहरुले जुन सुकै बेलामा पनि नेपाल आउन सके दुवै देशका नागरिकलाई सहज हुने बताए । भारतको उत्तराखण्ड र नेपालका बिभिन्न ठाँउहरको भुगोल एउटै प्रकारको भएर पनि घुम्न आउने पर्यटकहरुलाई पनि सहजता हुने बताए । साथै उनले खुल्ला सिमानाका बाट कसरी फाईदा लिन सकिन्छ, उक्त कुरामा दुबै देशले ध्यान दिन जरुरी रहेको बताए । सबै भन्दा मुलकुरा भनेकै सिमानकामा सुरक्षाकर्मीहरुले गर्ने व्यवहारमा सौहाद्र हुनुपर्ने सम्मानित व्यवहार भयो भनेपनि धेरे कुरामा सहजता हुने उनले बताए ।
टनकपुर प्रहरी क्षेत्राधिकारी अभिनाश वर्माले सिमानाकामा हुने गरेका कडाईलाई आफुले एसएसबीलाई जानकारी गराई कसरी चेकजाँचलाई सहज बनाउन सकिन्छ उक्त विषयमा छलफल गर्ने बताए । साथै भारतबाट नेपालमा जाने लागुऔषधका विषयमा पनि आफनो टिमले कडाईको साथमा काम गर्ने बताए । साथै उनले महेन्द्रनगरदेखी बनबासमा सम्म सिधै सवारी साधन संचालन विषयमा पनि छलफल गर्ने बताए । साथै उनले चेकजाँचका नाममा कसैलाई पनि दुख दिन नमिल्ने तर सिमानाकामा आफनो परिचय पत्र अनिवार्य देखाउनु पर्ने बताए ।
साथै उनले साईकल क्यारिङ गर्न आउने सबैलाई नेपालको तर्फबाट परिचय पत्र बनाएर अयो भने चेकजाँचमा कुनै पनि अप्ठयारो नहनुे बताए । कार्यक्रममा उत्तराखण्ड प्रहरीका टनकपुर क्षेत्राधिकारी अभिनास बर्मा, बनबासा थानाध्यक्ष लक्ष्मण जागवाल , पुल चौकी प्रभारी देबेन्द्र बिष्ट त्यसैगरि कंचनपुर उद्योग बाणिज्य संघका पदाधिकारी होटेल व्यवसायी, यातायात व्यवसायी र पत्रकारहरुको उपस्तिथि रहेको थियोे ।