आरक्षपीडित संग भेट्न आउँदा सबैको हातमा लालपुर्जा दिने गरेर आउँछु : सरल

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बनहराका आरक्ष पिडितले आफनो पुर्नस्थापनाका लागि संघीय सरकारले न्यायिक आयोग गठन गरेपछि पीडित हर्षित भएका छन । यस अघि अधिकार बिहिन राजनीतिक नियुक्तीका आधारमा आयोग गठन भएपनि अहिले अधिकार सम्पन्न न्यायिक आयोग गठन गरिएको भन्दै पीडित हर्षित भएका हुन् । आरक्ष पिडित नारायण दत्त भट्टले सरकारले गरेको निर्णयले आफु लगायत अन्य आरक्ष पिडितलाई खुशी बनाएको बताए ।

एक स्वागत कार्यक्रमको आयोजना गर्दै आरक्ष पिडितहरुले सुदूरपश्चिम प्रदेश सभा सदस्य ओम विक्रम भाट सरललाई सम्मान गरेका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका सदस्य तथा सुप प्रदेश सभा सदस्य ओम विक्रम भाट सरलले अब आरक्ष पिडितहरुलाई भेटन आउँदा सबैको हातहातमा लालपुर्जा लिएर भेटन आउने बाचा समेत गरेका छन् । अहिलेको आयोग नेता कार्यकर्ताहरुलाई जागिर खुवाउने भन्दा पनि काम गरेर जनताको पीडा सम्बोधन गर्ने आयोग बनेको बताए ।

‘हामीले चुनावका बेला बोकेकै बाचा अनुरुप न्यायिक आयोग गठन गराउन सफल भएका हौँ, ‘यसका लागि तपाई पीडित जनता सबैभन्दा धैर्यता गर्नुभयो, हामीले घचघच्याऔँ ।’ यस पटकको आयोग नै अन्तिम आयोग भएकाले जमिन र लालपुर्जा दिने आयोग भएकाले पीडितको पुर्नस्थापना हुनेमा आफु आशावादी रहेको संसद सरलले बताए । ‘म पनि आरक्ष पीडित नै हो, मैले आफ्नै समस्या भएर पनि बढि खटिनुपर्ने देखियो, ‘उनले भने, ‘मैले अहिले मात्रै पहल गरेको होईन उहिलेदेखि नै पहल गर्दै आएका थिए, अहिले सरकारले हाम्रा पीडित सुनिदिएरै त न्यायिक आयोग गठन गरेको छ ।’

आयोगको पुर्णता पाएसंगै फिल्डमा आएर पीडितका समस्या शिघ्र समाधान गर्नुपर्ने संसद सरलको जोडथियो । पीडितको समस्यामा लामो समयदेखि साथ सर्मथन दिएको भन्दै पीडितले पीडितको पक्षमा बषौँदेखि आवाज उठाउँदै स्थानीयदेखि केन्द्रसम्म घचघच्याउन पहल गरेको भन्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुप प्रदेश सभा सदस्य सरललाई फुलमाला सहित सम्मान गरेका हुन । चुनावी एजेण्डादेखि न्यायिक आयोग गठन गराउन भूमिका निर्वाह गरेको भन्दै संसद सरललाई दुबोको माला सहित सम्मान गरेर कार्यान्वयन गराउन समेत भूमिका निर्वाह गर्न आग्रह गरेका छन ।

पीडितका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० सहितका अन्य दलका शिर्ष नेता, वनमन्त्री, प्रदेश संघका संसदलाई समस्या अवगत गराउँदै संघीय सरकारको ध्यान कञ्चनपुरका आरक्षपीडितमा केन्द्रीत गराएको भन्दै सम्मान गरेका हुन । आरक्षपीडित संघर्ष समितिले शनिबार कृष्णपुर नगरपालिका २ वाणिमा स्वागत कार्यक्रम राखेको हो । स्वागत कार्यक्रममा आरक्षपीडित संघर्ष समितिका उपाध्यक्ष अक्कल बहादुर विष्टले यस अघि ३१औँ आयोग गठन हुँदा समेत पीडितको समस्या उस्तै रहेको बताए ।

‘यस अघि आयोग बन्दै गए कसैलाई अधिकार पनि दिईएन, ‘उनले भने, ‘अहिलेको सरकारले अधिकार सम्पन्न आयोग गठन गरेको छ, हामीलाई पुर्नस्थापना हुने आशा पलाएको छ ।’ आरक्षपीडितको पुर्नस्थापनाको माग अघि सार्दै आएका जय महाकाल युवा समुहका अध्यक्ष हर्क बोहराले पनि पीडितलाई धेरै पीडा भएकाले सरकारले न्यायिक आयोग गठन मार्फत श्रिघ समस्या समाधानमा जोडदिए ।

कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन साउदले न्यायिक आयोग भएकाले कृष्णपुर सहित जिल्लाभरीका आरक्षपीडितको समस्या समाधान हुने अपेक्षा राखेका छन । ‘यो आयोग अन्य आयोग जस्तै अधिकार बिहिन होईन, ‘वडाध्यक्ष साउदले भने, ‘आयोगले पहिलो तोकिएको कार्यकालमै समस्या समाधान गर्नुपर्छ ।’ आरक्ष विस्तारका नाममा ०५८ सालमा संकटकालको समयमा तत्कालीन सरकारले हजारौँ परिवार विस्थापित गरेको थियो । विस्थापित भएर सडक किनारमा शिविर बनाएर बसिरहेका पीडितको २२ वर्ष वितिसक्दा पनि पुनस्र्थापना हुन सकेको छैन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.