भीमदत्त १५ का स्थानियद्धारा दैनिक सरसफाई अभियानको सुरुवात

महेन्द्रनगर । कञ्चनपुरमा स्थानियहरु आफनो गाउँ आफै बनाउ भन्दै सरसफाई कार्यक्रमको आयोजान गरिरहेका छन् । आफनो समुदायको वरपर सडक, सार्वजनिक स्थल लगायतका क्षेत्रमा स्थानियहरु आफै सरसफाईमा उत्रिएका हुन् । भीमदत्त नगरपालिका १५ का वडा सदस्य हरी प्रशाद भट्टको नेतृत्वमा अहिले बिभिन्न क्षेत्रमा स्थानियहरुले सरसफाई कार्यक्रम गरिरहेका छन् ।

भीमदत्त नगरपालिका १५ का स्थानियहरुले दैनिक बिहान ७ बजेदेखी ९ बजेसम्म २ घण्टा आफनो टोल, मुल सडक, नहर वरपर सरसफाई गरिरहेको वडा सदस्य भट्टले बताए । सुरुवाती दिनमा ४ देखी ५ घण्टा पनि सरसफाई गरिएको थियो, अहिले बिहान २ घण्टा सरसफाईलाई दिने भन्दै यो अभियानको रुपमा सरसफाई कार्यक्रम गरिएको उनले बताए । सडक वरपर रहेका ठुला रुख हाँगाहरु पनि काटेर सडक चौडा पार्ने कार्य गरिएको उनले बताए । साथै सिँचाई नहरमा पनि धेरै फोहर हुने घाँसपात उम्रेर पानी रोकिने समस्या पनि रहेको हुँदा नहर भित्रै पसेर पनि सरसफाई गरिएको वडा सदस्य भट्टले बताए ।

यो सरसफाई अभियानको विचार कसरी आयो भने, एकदिन आफनो छोरीले आफना साथीहरुसंग गएर बिभिन्न क्षेत्रमा सरसफाई गरेको देखेपछि मनमा आफनो टोल समुदायमा पनि यस्तै सरसफाई कार्यक्रम गर्न पाए हुने भन्ने विचार आएको उनले भने, त्यसपछि पहिला ५ देखी १० जना युवालाई लिएर मुल नहर सरसफाई सडक वरपरको फोहर झाडी सफाई गर्न थालियो, सबैले देखे विस्तारै अहिले अन्य स्थानिहरुले पनि सरसफाई गर्नमा साथ दिएको वडा सदस्य भट्टले बताए ।

अहिले कालिका टोलबाट सुरुवात गरिएको र अन्य टोलमा पनि गएर सरसफाई गरिने र अन्य टोलका स्थानियहरुलाई सरसफाई कार्यक्रममा जोडने योजना रहेको उनले बताए । बिहानको समयमा शारिरिक व्यायम पनि हुने, भेटघाट पनि हुने साथै आफनो वरपर सरसफाई पनि हुने भएकाले स्थानियहरुले पनि राम्रो साथ र प्रतिक्रिया दिएको उनले बताए । भीमदत्त नगरपालिकाको वडा नम्वर १८ र १५ मा रहेको मुल नहरको सडकमा बिहान मर्निङ वाक गर्न आउनेहरुलाई सडकको वरपर फोहोर देखेपछि समस्या हुने गरेको गुनाशो आएपछि उक्त क्षेत्रमा पनि सरसफाई गरिएको उनले बताए ।

यस्तै युवा समाजसेवी स्थानिय देव भण्डारीले यो एउटा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नका लागी दैनिक सरसफाई अभियानको रुपमा कार्य अगाढी बढाईएको बताए । आफु बस्ने क्षेत्र, समाज, समुदाय बिभिन्न सार्वजनिक स्थलहरुलाई हामी आफैले सरसफाई गर्नुपर्ने र बिभिन्न रोग लाग्न बाट पनि बच्न सकिने भएकाले आफैबाट सुरुवात गरिनु पर्ने भएकाले आफनो टोलबाट यो अभियानको सुरुवात गरिएको उनले बताए ।

पछिल्लो समयमा केही सानो काम गर्न होस वा केही विकासको काम गर्न पनि सरकारको मुख ताक्नु पर्ने अवस्था रहेको परिवेशमा त्यसलाई चिर्नका लागी पनि यो सरसफाई अभियान गरिएको उनले बताए । नेता कार्यकर्ता, वडा सरकारले गरेन भनेर समय खर्चिनु भन्दा सुरुवात आफैबाट गरौ भनेर भन्ने विचारको आत्मसाथ गरिनु पर्ने उनले बताए ।

सम्बन्धित

Comments are closed.