पेसवानद्धारा कञ्चनपुरमा ३ हजार ८ सय ५१ जनालाई झोला वितरण

महेन्द्रनगर । कञ्चनपुरमा रहेको वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल पेसवानले जिल्लामा रहेको बिभिन्न सामुदायिक विद्यालयमा ३ हजार ८ सय ५१ जनालाई झोला वितरण गरेको छ । जिल्लाका बिभिन्न क्षेत्रका २० विद्यालयका ३ हजार ८ सय ५१ जनालाई झोला वितरण गरेको हो ।

जिल्लामा रहेको बैजनाथ सिद्धनाथ मा. बि. मटैनामा ३३७ जना, भीमदत्त नगरपालिका १० मा रहेको सरस्वती आधारभूत बिद्यालयका ५२ जना, भीमदत्त नगरपालिका ६ त्रिबेणी आधारभुत विद्यालय ७३ जना र महाकाली आधारभुत विद्यालय, तुमडानीमा १०२ जनालाई झोला वितरण गरिएको संस्थाका सदस्य दमन चन्दले जानकारी दिएका छन् । यस्तै, कञ्चनपुरको शान्ती निकेतन मावी, जेसिज मावी, र लक्ष्मी मावीका बिद्यार्थीहरुलाई निःशुल्क स्कुल झोला वितरण गरेको हो ।

शान्ती निकेतन मावीमा २ सय ५२ जना, जेसिज मावीमा २ सय ७१ जना, लक्ष्मी मावीमा ३ सय ५१ जना बिद्यार्थीहरुलाई झोला वितरण गरेको छ । यसैगरी महेन्द्रनगर मावि साधारण स्कुलका ६ सय ४९ जना विद्यार्थीहरु र गुरुकुलका १८ जना बिद्यार्थीहरुलाईलाई झोला वितरण गरेको संस्थाका सदस्य दमन चन्दले जानकारी दिए । उक्त संस्थाले कञ्चनपुरमा ३८ वटा र कैलालीमा २ वटा गरी ४० वटा बिद्यालयका विद्यार्थीहरुलाई बिभिन्न शैक्षिक सामग्री सहितको झोला वितरण गर्ने कार्यक्रम रहेको छ ।

विद्यार्थीहरुका लागि आवश्यक पर्ने, कापी, कलम, कलर बक्स, टिफिन, स्वास्थ्य सामग्री लगायतका सामग्रीहरु उक्त झोलामा राखिएको छ । उक्त शैक्षिक सामग्री सहितको एक स्कुल झोला बजार मुल्य दुई हजार भन्दा बढी रहेको पेसवान नेपालका उपाध्यक्ष पशुपति थापा मगरले बताइन् । चाइना फाउण्डेसन नेपालको सहयोगमा पेसवान नेपाललले गत वर्ष भीमदत्त २८ विद्यालयका चार हजार ३ सय ४० जना विद्यार्थीहरुलाई झोला वितरण गरेको संस्थाका सदस्य चन्दले बताए ।

चालु आर्थिक वर्षमा कञ्चनपुरमा भीमदत्त नगरपालिकामा २४ वटा, दोधारा चादनी नगरपालिकामा ११ वटा र कैलालीको जानकी गाँउपालिकामा २ वटा विद्यालयका ६ हजार ७ सय बिद्यार्थीहरुलाई बिभिन्न शैक्षिक सामग्री सहितको झोला वितरणको कार्यक्रम गरिरहेको उनले बताए ।

आफुहरुले बिद्यालय छनौट गर्दा सबै भन्दा बढी दलित, पिछडिएको वर्ग, विपन्न बालबालिका रहेको शैक्षिक संस्था सामुदायिक बिद्यालयलाई छानेर बाल कक्षा देखी कक्षा ८ सम्मका सबै बिद्यार्थी भाईबहिनीहरुलाई उक्त अति उपयोगी झोला वितरण गर्ने उनले बताइन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.