युवा समाजसेवी मल्लद्धारा डडेल्धुराका मेलामा निशुल्क जुस, फलफुल, पानी वितरण

महेन्द्रनगर । युवा समाजसेवी बिनय प्रकाश मल्लले डडेल्धुरामा रहेका बिभिन्न शक्तिपिठहरुमा आयोजना भएको मेलामा दर्शनार्थीहरुलाई पानी, जुस, फलफुल, प्रशाद, चिया निशुल्क प्रदान गरेका छन् । डडेल्धुराको गन्याप, कैलपाल, निलपाल ,जर्मना, भेउलनामा २ दिने मेलामा दर्शन गर्न आएका दर्शनार्थीहरुलाई उनले बिभिन्न फलफुल, जुस, प्रशाद वितरण गरेका छन् ।

सुदूरपश्चिमका प्रशिद्ध शक्तिपिठहरुमा आएका लाखौ दर्शनार्थीहरुलाई निशुल्करुपमा प्रशाद, फलफुल, चिया, पानी, जुस वितरण गर्न पाउँदा आफुलाई खुशी लागेको हाल जापानमा रहेका समाजसेवी मल्लले बताए । डडेल्धुरामा रहेका सबै धार्मिकश्थलमा आफुले विगतका दिनहरुमा पनि बिभिन्न सहयोग र साथ दिँदै आएको बताउँदे, उनले अबका आगामी दिनहरुमा पनि डडेल्धुराको रहन सहन रितिरिवाज जेगर्ना गर्न, कला संस्कृतीको विकास गर्न आफु लागी रहने समाजसेवी मल्लले बताए ।

मेलामा स्थानीय युवा पुरन महताको नेतृत्वमा निशुल्क रुपमा शुद्ध पिउने पानी,जुस,प्रसादको रुपमा फलफुल बितरण गर्ने अवसर मिलेको समाजसेवी मल्लको भनाई रहेको छ । उनले जिल्लामा रहेको पुरातात्विक, ऐतिहासिक पर्यटकिय क्षेत्रका मठमन्दिरहरु निर्माण, मर्मत र मुर्तीहरु स्थापना गरेर सहयोग गरेका छन् । साथै उनले, मन्दिरहरुमा अक्षयकोषको स्थापना पनि गरेका छन् ।

जापानमा व्यवसाय गरिराख्नु भएका अमरगढी नगरपालिका–४ खलांगा निवासी समाजसेवी विननयप्रकाश मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना पनि भएका छन् । सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याजवाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने भएको छ ।

समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ । डडेल्धुरा जिल्लामा बिभिन्न सामाजिक गतिविधीहरुमा आर्थिक सहयोग चाहिएमा स्थानीयले मल्ललाई सम्झिने गरेका छन । जिल्लामा हालसम्म एक करोड भन्दा बढि रकम आर्थिक सहयोग गरिएको सामाजसेवी विनयप्रकाश मल्ल सहयोग युवा टिमका सदस्य खगेन्द्र ठकुराठीले जानकारी दिएका छन् ।

समाजसेवी मल्लले जिल्लाको आर्थिक अबस्थामा सुधार ल्याउने उदेश्यले जापानमा काम गर्न निःशुल्क रुपमा भिषा उपलब्ध गराउन पनि सहयोग गरिरहनु भएको छ । जापानी भाषा र सिप सिकाएर जिल्लाका बेरोजगार युवाहरुलाई जापानमा रोजगारीको अवशर प्रदान गर्न सहयोग गरिरहेको र हालसम्म डडेल्धुरा जिल्लाबाट एक दर्जन बढि युवायुवतीहरु निःशुल्क भिसामा जापानमा रोजगारीका लागि पुगिसकेको मल्लले बताउनु भयो ।

गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र विद्यालय पोशाक समेत उपलब्ध गराउन थालिएको मल्लले बताउनु भयो । शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीले समाजसेवी मल्लको सहयोगका कारण जिल्लाको शैक्षिक गुणस्तर उकास्न टेवा पुगिरहेको बताउनु भयो ।

उँहाले समाजसेवी मल्लले शैक्षिक क्षेत्रमा मात्रै नभई सामाजिक विकासका क्षेत्रमा पनि उल्लेखनीय योगदान पुगाईरहनु भएको जानकारी दिनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.