महेन्द्रनगर । वर्तमान अध्यक्ष चतुरबहादुर चन्द नै नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका छन्। क्यानको शनिबार हुन लागेको निर्वाचनमा अध्यक्ष पदका लागि कसैको पनि उम्मदेवारी नपरेपछि चन्द फेरि अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
बर्दिया क्रिकेट संघका विनयराज भण्डारीले पनि अध्यक्ष पदका लागि उम्मदेवारी दिने तयारी गरेका थिए। तर उम्मदेवारी दर्ता गर्ने अन्तिम समयमा उनी पछि हटेसँगै चन्द सर्वसम्मत रुपमा विजयी भए।
त्यसैगरी क्यानको उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदम खड्का र महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन्। सचिवका लागि भने पूर्व कप्तान पारस खड्का र पूर्व केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले उम्मेदवारी दर्ता गरेका छन्।
Comments are closed.