महेन्द्रनगर । कञ्चनपुरमा संचार प्रविधीमा आफनो भविश्य देख्ने विद्यार्थीहरुलाई एकदिने कोड फेस्ट २०८० आईडियाथन सुदूरपश्चिम प्रतियोगिता सम्पन्न भएको छ । नयाँ युगमा आफनो भविश्य संचार प्रविधीमा आफनो भविश्य देख्ने युवायुवतीहरुका लागी उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
भीमदत्त नगरपालिका १ भासीमा रहेको ब्रिक्सटन कलेजको हलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । कोड फर चेन्जको आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगितामा कैलाली र कञ्चनपुरका आईटी कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा कञ्चनपुरको जनज्योति क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालय, ब्रिक्सटन कलेज, सिद्धनाथ विज्ञान क्याम्पस र कैलालीको नास्ट कलेजले प्रतिस्पर्धा गरेको कोड फर चेन्जका सुदूरपश्चिम प्रदेशका लिडर चन्द्र मोहन भट्टले जानकारी दिए ।
प्रतियोगीताबाट कैलालीको नास्ट कलेज उत्कृष्ट छनौट हुन सफल भएको छ । कोड फर चेन्जका सुदूरपश्चिम प्रदेशका लिडर चन्द्र मोहन भट्टका अनुसार सन् २०१८ मा संस्था सञ्चालनमा आएपछि कोड फर चेन्जले यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरिरहेको बताएका छन् । आईटीका विद्यार्थीलाई आफूले सिकेका नवीनतम प्रविधिको व्यावहारिक अनुप्रयोग प्रदर्शनसँगै एक्सपोजर अवसर प्रदानको उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको भट्टले बताएका छन् ।
उनका अनुसार सात थिम गुड हेल्थ एण्ड वेल बीईङ्ग, क्वालिटी एजुकेशन, जेण्डर इक्युलिटी, ईण्डस्ट्रि इनोभेशन एण्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन, र पिस जस्टिस एण्ड ष्ट्रोङ्ग इन्स्टिच्युसनमा आधारित रहेर कुनै किसिमका समाधान सुझाउने गरी गरिने प्रोजेक्टहरूलाई छानी र विद्यार्थीहरू बीच प्रतिष्पर्धा गराई उत्कृष्ट टिमहरूलाई विशेष पुरस्कार सहित विभिन्न ठाउँमा अवसर प्रदान गरिन्छ ।
प्रतियोगिताबाट उत्कृष्ट छानिएको नाष्ट कलेज धनगढीको टिम अक्टोबर ९, १० र ११ मा काठमाण्डौमा हुने कोड फर चेन्जको राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भट्टले बताएका छन् । कोड फेस्ट २०२३ सुदूरपश्चिम प्रदेश आईडियाथनको शीर्षक प्रायोजकमा आईटी जोन कम्प्युटर रहेको थियो भने गोल्ड स्पोन्सरमा नीम इन्फोसिस र आरसीआईटी रहेको थियो ।
यसै गरि थुप्रै सहयोगी प्रायोजकहरूले उक्त कार्यक्रमको आयोजना गर्न सहयोग गरेको कोड फर चेन्जका सुदूरपश्चिम प्रदेशका लिडर भट्टले बताए ।