पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई प्रेस काउन्सिल आचार सँहिता पुरस्कार

महेन्द्रनगर । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार माधव सिह धामीलाई प्रेस काउन्सिल आचार सँहिता पुरस्कार प्रदान गरेको हो ।

काउन्सिलको ५४ औँ वार्षिकोत्सवमा धामीलाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले धामीलाई पुरस्कार प्रदान गरे ।

तीन दशकदेखि पत्रकारितामा सक्रिय धामी आजको नयाँ विकल्प दैनिकका प्रधान सम्पादक र नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष हुन् । यसैगरी कञ्चनपुरका श्यामदत्त भट्टलाई क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.