शिशुको हात खुट्टा बाँधेर फरार रहेकी आमा पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा आफनो शिशुको हात खुट्टा बाँधेर फरार रहेकी आमालाई प्रहरीले पक्राउ गरेको छ । नाबालक बच्चाकि आमा पुनर्वास–२ अमरैया घर भएकि २७ बर्षिया शर्मिला चौधरीलाई ईलाका प्रहरी कार्यालय बेलडाँडीले पक्राउ गरेको बेलडाँडीका ईन्चार्ज प्रहरी निरिक्षक कृष्ण बहादुर कुवँँरले जानकारी दिएका छन् ।

उनलाई शनिवार बेलडाँडी गाउँपालिका–३ बैवाहाबाट पक्राउ गरीएको हो । उनलाई पुनर्वासका उप–मेयर भुलिया राना सहितको रहोवरमा थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलौरी पठाएको छ । शुक्रबार बेलौरी नगरपालिका– ७ स्याली खोला नजिकै सिंहपुरको उखुबारी भित्र हातखुट्टा बाँधेर बच्चा छोडि फरार रहेकी आमा २ दिनपछि फेला परेकि हुन् ।

हातखुट्टा बाधेर उखुबारीमा छोडेको अवस्थामा बेलौरीको सिहपुरमा स्थानियले देखेपछि बेलौरी प्रहरीलाई खबर गरेपश्चात ती नौ महिने बालक प्रहरीले सकुसल फेला परेका थिए । बालकलाई प्रहरीबाट मामा घरकि हजुर आमाले बुझेर लगेका थिए । घटनाबारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.