बर्षाले सेती प्रादेशिक अस्पताल जलमग्न, बिरामीलाई सास्ती

महेन्द्रनगर । अविरल वर्षाका कारण कैलालीको धनगढी डुबानमा परेको छ । सेती प्रादेशिक अस्पतालको वार्ड समेत जलमग्न भए पछि बिरामीले सास्ती खेप्नु परेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक डीएसपी कुलदीप चन्दका अनुसार सेती अस्पतालको प्रसूति वार्ड र शल्यक्रिया कक्षमा पानी पसेको छ । वार्डमै पानी पसेपछि बिरामी र तिनका आफन्तलाई समस्या भएको छ ।

आइतबार रातिदेखिको अविरल वर्षाका कारण धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर क्षेत्र जलमग्न भएका छन् ।

पानीको निकास नहुँदा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, ३ र ४ मा बढी डुबान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.