बैतडीको झुलाघाट पुल आज मंगलवार पनि बन्द गरिने

महेन्द्रनगर । बैतडीको झुलाघाट पुल आज पनि बन्द गरिने भएको छ। पुल मर्मतको लागि सोमबार बन्द गरिएको भएपनि मर्मतको काम नसकिएको भन्दै आजदेखि बिहान ८ः४५ देखि दिउसो १ः१५ बजेसम्म र दिउसो २ः१५ बजेदेखि पुनः ४ः१५ बजेसम्म आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

पुल अर्को सूचना नआउँदा सम्मको लागि बन्द गरिएका कार्यालयले बताएको छ। भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेको छ।

झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करीब डेढ सय बर्ष अगाडि झोलुंगे पुल निर्माण गरेको थियो।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.