महेन्द्रनगर । बाजुराको हिमाली गाउँपालिका को बिच्छाया स्वास्थ्य चौकीबाट सुत्केरी महिलाको नेपाली नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी भएर साल अट्कीएर उच्चरक्तश्राप भए पछि हिमाली गाउपालिका १ की २३ बर्षिय कल्पना रोकायालाई हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगेको हिमाली गाउपालिकाका अध्यक्ष गोविन्द मल्लले बताए ।
मंगलबार बिहान बिच्छाया स्वास्थ्य चौकीमा सुत्केरी भएकी रोकायाको साल ननिस्केर अत्याधिक रगत बग्न थाले पछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएर प्रशासनको पत्रचार पछि महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको मल्लले बताए ।
राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत निशुल्क हवाइ उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । बाजुरा लगाएत दुर्गमका जटिल गर्भवती तथा सुत्केरी महिलालाई हेलिकप्टरबाट राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत निशुल्क हवाई उद्धार गर्ने गरेको छ ।
शुक्लाफाँटा खबर
6803 posts
Comments are closed.