कञ्चनपुरमा ४४ औँ विश्व पर्यटक दिवस भव्यताका मनाईयो

महेन्द्रनगर । कञ्चनपुरमा ४४ औँ विश्व पर्यटक दिवस बिभिन्न कार्यक्रम गरी भव्यताका साथमा मनाईएको छ । यो वर्षको मुल नारा ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ भीमदत्त नगरपालिकाको आयोजना होटल व्यवसायी संघको सह आयोजना तथा बिभिन्न गैर सरकारी संस्थाहरुको सहयोगमा विश्व पर्यटन दिवस मनाईएको हो ।

गड्डाचौकी नाकामा एक कार्यक्रमको आयोजान गरिएको थियो कार्यक्रममा बोल्दै होटल व्यवसायी संघका अध्यक्ष जगदिश चन्द्र भट्टले कञ्चनपुरको नाका गड्डाचौकी नाका नेपालमा पर्यटक भित्राउने प्रमुख नाका रहेको बताए । सुदूरपश्चिममा धेरै पर्यटकीय स्थलहरु रहेको भएपनि ती सबै पर्यटकीय क्षेत्रहरुको प्रयाप्त मात्रामा प्रचार प्रसार हुन नसक्दा सुदूरपश्चिमका ति क्षेत्ररु ओझेलमा रहेको आफुले अहशुस गरेको उनले बताए ।

सुदूरपश्चिम पर्यटकीय गन्तब्यको लागि धनी भएपनि त्यसको उचित पहिचान प्रचारप्रसार गर्न नसक्दा हामी गरिब भएको उनले बताए । पोखरा काठमाण्डौमा भ्रमण गर्न पर्यटकहरुले यही बाटो प्रयोग मात्रै गर्ने, तर यहाँ रहेको शुक्लाफाँटा आरक्ष, खप्तड, रामारोशन अपी, बडीमालिका लगायतका पर्यटकिय गन्तब्यहरुमा जानका लागी उहाँहरु अनबिज्ञ रहेको भएर सबैले मिलेर यसको उचित प्रचार प्रसार गर्न आवस्यक रहेको बताए । पर्यटन सदैव हाम्रो देशकोे महत्वपूर्ण विषयको रूपमा रहेको अवस्थामा वर्तमान समयमा यो एक विशाल उद्योग र आम विकासको स्रोत र प्रक्रिया बन्न पुगेको उनले बताए ।

पर्यटन विस्तृत भू–भागमा गरिने भ्रमण हो । पर्यटन आन्तरिक (आफ्नै देशभित्र) वा अन्तर्राष्ट्रिय हुन सक्छ । अन्तर्राष्ट्रिय पर्यटनले देशमा विदेशी मुद्रा भित्र्याउने र त्यसैगरी देशको विदेशी मुद्रा बाहिरिने अर्थात् भुक्तानी सन्तुलनमा आगमन र बहिर्गमन दुवै प्रक्रियामा प्रभाव पार्छ । सरकारहरूले आफ्नो पर्यटकीय सम्भावनाहरूमा लगानी गर्ने र प्रचारप्रसार गर्ने कारण यही हो ।

त्यसैगरी प्रदेश तथा स्थानीय सरकारहरूले पनि आफ्ना सम्भावित पर्यटकीय क्षेत्रहरूमा प्रचुर आम्दानी गर्ने आर्थिक कार्यक्रम अन्तर्गत लगानी गर्नुपर्ने उनले सुझाव दिए ।भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले पर्यटकहरुले यो नाका प्रयोग मात्रै गर्दैनन उनिहरुलाई हाम्रो स्थानिय पर्यटकिय क्षेत्ररुमा कसरी लैजान सकिन्छ, यही रहेका पर्यटकिय गन्तब्यमा लैजानका लागी सबैले मिलेर हातेमालो गरेर सहयोग गर्न आग्रह गरे । बाह्य तथा आन्तरिक पर्यटकहरुलाई कञ्चनपुरमा रहेको बिभिन्न पर्यटकीय क्षेत्रहरुको जानकारी दिनका लागी आगामी दिनमा बिभिन्न कार्यक्रम गरिने उनले बताए ।

पर्यटकहरु हाम्रो देशमा रमाइलो मनाउन आउँछन भने हाम िसबैले आफनो व्यापार व्यवसाय गर्ने मौका पाउछौ, साथै पर्यटनको सिद्धान्त र अभ्यास, पर्यटकहरूलाई आकषिर्त गर्ने, समायोजन गर्ने, मनोरञ्जन गर्ने व्यवसाय र सञ्चालन भ्रमणहरूको व्यवसाय आदि गरी विश्व पर्यटन संगठनले पर्यटनलाई सामान्य रूपमा परिभाषित गरेको उनले बताए । कार्यक्रमका सभाध्यक्ष एवम भीमदत्त नगरपालिका पर्यटन विकास समितीका उपाध्यक्ष राजेन्द्र केसीले जिल्लामा पर्यटकको सम्भावना प्रचुर मात्रा रहेपनि त्यसको उचित मात्रामा हामहिरुले प्रयोग उपभोग गर्न नसकेको बताए ।

भीमदत्त नगरपालिकाले आगामी दिनहरुमा यो क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरुको विकासका लागि बिभिन्न कार्यक्रम योजना बनाएर अगाढी बढने बताए । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधीकारी, जिल्ला प्रहर िकार्यालय प्रहरी प्रमुख, वडा अध्यक्ष,पर्यटक व्यवसायी लगायतकोउपश्थिती रहेको थियो । साथै चारलेनको महाकाली पुलदेखी गड्डाचौकी सम्म विद्यार्थीहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधी, सरकारी कर्मचारीहरुको सहभागितामा साईकल य्रालीको पनि आयोजना गरिएको थियो ।

उक्त य्राली चारलेनको महाकाली पुलबाट गड्डाचौकीमा पुगेर एक कार्यक्रमको आयोजना गरी समापन भएको थियो । अहिले नेपालको पर्यटन उद्योग तथा बजारमा १५ खर्ब लगानी रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ७.८ प्रतिशतको हाराहारीमा छ । लगानी र उत्पादनमा पर्यटन उद्योगको उल्लेखनीय सक्रियता देखिएको मात्र होइन, उल्लेखनीय रोजगारी पनि दिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.