महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १ रौटेलामा रहेको प्राचिनकालको बैजनाथ मन्दिरमा सप्ताह महायज्ञ सम्पन्न भएको छ । वैदिक सनातन हिन्दु धर्मको रक्षार्थ जन जगत तथा राष्ट्र कल्याणको कामना सहित उक्त धार्मिक एवम पर्यटकिय क्षेत्रमा सप्ताह महायज्ञ सम्पन्न भएको हो ।
श्रि वैजनाथ सेवा समाजको आयोजनामा सम्पन्न सप्ताह महायज्ञमा आचार्य सत्यराज अवस्थीले ७ दिन सम्म बिभिन्न धार्मिक कथा वाचन, भजन किर्तन एवम धार्मि प्रवचन प्रस्तुत गरेका थिए । सत्संकल्पमा संगितमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रङगारिक महाआरतीको पनि आयोजना गरिएको थियो । यो महायज्ञ भनेको सामुहिक महायज्ञ रहेको र देशैभरमा रहेका सबैको मन चित्त शान्त होस साथे सबैको मनमा सहयोगी भावना जागृत गराउन, भक्तिभाव जार्गत गर्न, सुखसमृद्धी साथै सबैले अध्यात्ममा दत्तचित्त भएर लागुन भनेर यो महायज्ञको आयोजना गरिएको वैजनाथ सेवा समाजका अध्यक्ष नवराज जोशीले बताए ।
साथै उनले यस्ता धार्मिक पुरातात्विक मठमन्दिरहरु, पर्यटकिय क्षेत्रहरुलाई स्थानिय सरकार प्रदेश सरकार र संघिय सरकारले पनि मर्मत सम्भार एवम अन्य धार्मिक पर्यटकिय विकास गर्नमा चासो राखेर बजेट विनियोजन गर्न माग राखेका छन् । साथै यस्ता क्षेत्रहरुको समृद्धी, उचित प्रचारप्रसार गरी अन्य जिल्लाका पर्यटकहरुलाई पनि भित्राउन स्थानिय सरकारले भुमिका खेल्नु पर्ने बताए ।
समापन कार्यक्रममा सहभागी भएका वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले यो महायज्ञले देशैभरका आम जनतालाई सुखशान्ती समृद्धी प्रदान गरुन भनी आफुले प्रार्थना गरेको र यस्तो धार्मिक कार्यक्रमले स्थानिय स्तरमा पनि एक प्रकारको सकारात्मक सन्देश प्रवाह हुने आफुले विश्वास लिएको बताईन । साथै यो धार्मिक पर्यटकिय क्षेत्रको रुपमा पनि रहेको हुँदा यसको बिषेशता एवम धार्मीक हिशावले अलौकिक रहेको यसको जती व्याख्या गरेपनि कमै हुने बताईन । साथै सामुहिक रुपमा बालिएको लाख बत्तिमा पनि उपप्रमुखको सहभागिता रहेको थियो ।